१८ माघ २०८१, शुक्रबार

प्रवासी नेपाली जनसमाज भारतको प्रशिक्षण कार्यक्रम सम्पन्न

0

प्रवासी नेपाली जनसमाज भारत केन्द्रिय समिति दिल्लीको प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
प्रवासी नेपाली जनसमाज भारतका केन्द्रिय उपाध्यक्ष विष्णु मल्लको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका पिबिएम कृति सीको प्रमुख आतिथ्यमा कार्यक्रम महान जनयुद्ध १९ दिने जनआन्दोलन एकीकृत जनक्रान्तिका महान शहिदहरुलाई मुठ्ठी उठाएर एक मिनेट सम्मान गर्दै शुरु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कृतिले अहिले देशमा वैदेशिक हस्तक्षेप दलाल तथा साम्राज्यवादी चलखेलले बढिरहेको बताए । पार्टी, संगठन, नेताकार्यकर्ता र देशलाई आत्मनिर्भर बनाउनको लागि सम्पूर्णलाई श्रमतिर अग्रता लिएको बताए । सरकार अहिले तीन बुँदे सहमति  कार्यन्वयन गर्नुको सट्टा उल्टै दायाँबायाँ गरिरहेकाे बताउँदै नेपाल नेपालीलाई सुहाउने समाजवाद लागू गर्नको लागि सबै देशभक्त, प्रगतिशील, कम्युनिस्टहरु एक हुनुपर्नेमा जाेड दिए ।
प्रशिक्षण कार्यक्रममा देवी काफ्लेले स्वागत मन्तव्य दिएका थिए । प्रवासी नेपाली जनसमाज भारतका पदाधिकारीहरुले राखेका रिपोर्टमाथि प्रष्ट पार्दै कार्यक्रमका अध्यक्ष विष्णु मल्लले कार्यक्रम समापन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।