सुदर्शन सी
डेढ वर्षअघि सुरु भएको चिनियाँ एआई स्टार्टअप ‘डीपसिक’ले मेटा, ओपन एआई र गुगलजस्ता शीर्ष अमेरिकी टेक कम्पनीहरूलाई चकित पारेको छ । चिनियाँ एआई कम्पनी डीपसिक अमेरिकी एआई कम्पनीहरूको मोडेलभन्दा उत्कृष्ट छ र यसले विश्वमा ठूलो परिवर्तन ल्याउने बताइएको छ ।
चिनियाँ एआई कम्पनीले हालै आफ्ना दुई मोडेलहरू ‘डीपसिक आर वन’ र ‘डीपसिक भी थ्री’ सार्वजनिक गरेको छ । यसपछि अमेरिकी टेक कम्पनीहरूको शेयर बजारमा ठूलो गिरावट आयो । डीपसिकले के गर्छ र विश्वका अग्रणी कम्पनीहरू यसबाट किन डराइरछेन् ? यहाँ छोटोमा चर्चा गरिनेछ ।
डीपसिकले के गर्छ ?
डीपसिक एक चिनियाँ एआई कम्पनी हो । चीनको दक्षिण–पूर्वी शहर हाङझाउको यो कम्पनी २०२३ मा सुरु भएको थियो । यो हेज फन्डमार्फत चिनियाँ नागरिक लियांग वेनफेङद्वारा स्थापित गरिएको हो । ४० वर्षीय इलेक्ट्रिक इन्जिनियरिङ स्नातक लियाङले लगानीकर्ताहरू जम्मा गरेर कम्पनी सुरु गरे ।
डीपसिक एआई एप यसको वेबसाइट र एप्पलको प्ले स्टोरमा उपलब्ध छ । यसका अनौठा सुविधाहरूका कारण यो सबैभन्दा धेरै डाउनलोड गरिएको एप बनेको छ । यो एक एआई एसिस्ट हो । यसले ती सबै कामहरु गर्छ, जो च्याट जीपीटीले गर्छ । यसले प्रश्नहरूको जवाफ दिन्छ । यो दाबी पनि गरिएको छ कि यो च्याट जीपीटीभन्दा निकैं शक्तिशाली छ । अर्को कुरा यसले एआई प्लेटफर्मभन्दा ज्यादा बेहत्तर काम गर्छ ।
खास कुरा के छ भने यस डीपसिकले च्याट जीपीटी र मेटाका लामा लामा प्रकारका परिणामहरु सजिलैं उपलव्ध गराइरहेको छ । यो यति छोटो समयमा काम गर्ने प्लेटफर्म बन्यो, त्यो पनि धेरै कम चिप्स प्रयोग गरेर र धेरै कम लागतमा ।
ठूला कम्पनीहरू किन डराइरहेका छन् ?
डिपसिकको हालै सार्वजनिक भएको मोडेल, जसले आफ्नो प्रतिस्पर्धी च्याटजीपीटीलाई उछिनेर शीर्ष–रेटेड एप्लिकेसन बनेको छ । यति छोटो समयमा यसको बढ्दो लोकप्रियताले अमेरिकाका शीर्ष कम्पनीहरू भयभित छन् । डीपसिक एकदमै कम बजेटमा तयार पारिएको छ । यसरी धेरै छोटो समयमा आफ्नो प्रभुत्व स्थापित गर्दै अन्य एआई मोडेलहरूलाई पछाडि छोड्ने कुराले सबैलाई अचम्मित परेको छ । यसको लोकप्रियताको एउटा कारण यसको कम मूल्य हो । ङडीपसिक आर वन’को मूल्य प्रति मिलियन ०.०५५ डलर (करिब ४७ रुपैया) प्रति मिलियन इनपुट टोकन (२.१९) अर्थात् (लगभग नेपाली रुपैया २५०) हुन आउँछ ।
सबैभन्दा ठूलो चिन्ताको विषय के हो भने च्याट जीपीटी लन्च सुरुवात भएपछि एआई क्षेत्रमा चीनको पकड आश्चर्यजनक रह्यो । किनभने यस मामिलामा चीनलाई पश्चिमाहरुले ५ वर्ष पछाडि छन् भनेर भन्ने गरेका थिए । मिडिया रिपोर्टले दाबी गरेको छ कि बाइडेन प्रशासनले चीनमा उच्च–प्रविधि चिप निर्यात र यी चिपहरू उत्पादन गर्न प्रयोग हुने हाई एन्ड मेशिनलाई रोकेर चिनियाँ एआईको प्रगतिलाई रोक्न खोजेको थियो तर असफल भयो ।
डीपसिकका विशेषताहरु
‘डीपसिक भी थ्री’ एक कृत्रिम बुद्धिमत्ता च्याट बट हो । लियांग वेनफेंगको स्टार्टअप कम्पनीले यसलाई विकास गरेको हो ।
वेनफेङ एआई र क्वान्टेटिव फाइनन्समा ब्यांक ग्राउन्ड भएका इन्जिनियर हुन् ।
यो कम्पनी जुलाई २०२३ मा सुरु भएको थियो । कम्पनीको मुख्यालय चीनको हाङझाउमा छ ।
डीपसिक ली वेनफेङले ‘हेज फण्ड’मार्फत् लगानीकर्ता जुटाए । उनले अमेरिकाको सबैभन्दा ठूलो चिप बनाउने कम्पनीको नाभिडिया एज्ञण्ण् चिप्स प्रयोग गरेर एउटा स्टोर स्थापना गरे ।
भनिएको छ कि वेनफेङले लगभग ५० हजार चिप्स संकलन गरेर डीपसिक सुरु गरेका थिए ।
अन्य च्याटबटहरू भन्दा डीपसिक कति फरक छ ?
‘डीपसिक भी थ्री’ ६७१ अर्ब प्यारामिटर विशेषज्ञहरूको मिश्रण हो । यसले ’उन्नत तर्क मोडेलहरू’ प्रयोग गर्दछ, जसले यस ओपन एआईको ण्ज्ञ भन्दा राम्रो बनाउँछ ।
यो ओपन एआईको ण्ज्ञ मोडेलको तुलनामा २० देखि ५० गुणा बढी किफायती र राम्रो मानिन्छ । यसले च्याट जीपीटी र क्लाउड एआई भन्दा ७ गुणा र १४% प्रतिशतले राम्रो प्रदर्शन गर्छ ।
ओपन एआई को ९१ प्रति मिलियन इनपुट टोकन १५ अमेरिकी डलर चार्ज गर्छ । तर चीनको डीपसिकले आर वन प्रति मिलियन इनपुट टोकन ०.५५ अमेरिकी डलर चार्ज गर्छ । अनि बाँकी अन्य एआई मोडेलहरू भन्दा धेरै सस्तो छ ।
कठिन कार्यहरू पूरा गर्ने सन्दर्भमा डीपसिकको स्कोर सबैभन्दा धेरै छ । यसले ९२% अङ्क प्राप्त ग¥यो, जबकि च्याट जीपीटी ४ ले ७८% अङ्क मात्र प्राप्त ग¥यो ।
मेटा एआई र जेमिनीको बारेमा कुरा गर्दा यी दुई च्याटबट मोडेलहरू भन्दा डिपसिक धेरै किफायती र उन्नत छ ।
डीपसिक एआईले कोडिङ र गणितजस्ता कठिन कार्यहरू असाध्यैं सटीक ढंगले गर्न सक्छ । यसमा तपाईंले खाली आदेश मात्र दिनु पर्छ र परिणाम केही सेकेन्डमा आउँछ ।
अमेरिका किन भयभित बन्दैछ ?
अमेरिका अहिले डीपसिकसँग ठूलो समस्याबाट सामना गरिरहेको छ, किनभने यो चिनियाँ एआई निःशुल्क, असीमित र खुला स्रोत हो । यसको पारदर्शिता, दक्षता र एआई सबैका लागि पहुँचयोग्य बनाएका कारण आम मानिसहरूका बीचमा लोकप्रिय बनिरहेको छ ।
डीपसिकको प्रवेश यस्तो समयमा भयो जब अमेरिकाले चीनमा उन्नत सेमीकण्डक्टर (अर्धचालक) निर्यातमा प्रतिबन्ध लगाएको छ । यसको उद्देश्य चीनको एआईमा अगाडि बढ्ने क्षमतालाई सीमित गर्नु थियो । तर चीनले फरक बाटो फेला पार्यो ।
डीपसिकले कम स्रोतहरू चाहिने मोडेलहरू विकास गरेको छ । त्यसैले एनभिडिया, मेटा र माइक्रोसफ्टजस्ता अमेरिकी टेक दिग्गज कम्पनीहरूको चिन्ता बढेको छ ।
पश्चिमा कम्पनीहरूले एआई पूर्वाधारमा ठूलो लगानी गरेका छन् । त्यसकारण यी कम्पनीहरूले डीपसिकजस्ता कम लागतका विकल्पहरू खोज्नुपर्नेछ… र त्यो पनि चाँडै ।
के छ डीपसिकको भित्री राज ?
डीपसिक एआईको कुरा गर्दा अहिलेसम्म एआई च्याट टुल्स बजारमा ओपन एआई र च्याटजीपीटीको एकछत्र शासन थियो, तर ‘डीपसिक आर वन’को आगमनपछि अहिले यस्तो चित्र देखिदैछ कि अब च्याट जीपीटीको राज चाँडै समाप्त हुँदैछ । ओपनएआईले लगभग ४ हजार मानिसहरूलाई रोजगारी दिन्छ भने डीपसिकले केवल २०० जनालाई मात्र रोजगारी दिन्छ ।
एउटा कम्पनी जसले दुई वर्षदेखि सम्पूर्ण संसारमा शासन गरिरहेको थियो तर एउटा नयाँ कम्पनी आयो र सम्पूर्ण संसारको निद्रा हरायो । हामी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणहरूको बारेमा कुरा गर्दैछौं । अहिले हरेक काममा एआई उपकरणहरू प्रयोग भइरहेका छन् । सामान्यतया हामी भन्छौं कि चिनियाँ चीजहरू कम टिक्छन् तर यस पटक चीनले एउटा यस्तो उत्पादन ल्याएको छ जसले केवल २ दिनमा सम्पूर्ण विश्वमा हलचल मच्चाएको छ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प पनि त्रसित छन् ।
यो चिनियाँ एआई टूल्सको नाम ‘डीपसिक–आर १’ हो, जुन एक वर्ष पुरानो चिनियाँ स्टार्टअप डीपसिकले प्रस्तुत गरेको हो । एआई चिप्सको अग्रणी आपूर्तिकर्ता एनभिडियाको शेयर सोमबार १४ प्रतिशतभन्दा बढीले घट्यो, जसले गर्दा बजार मूल्यमा १ ट्रिलियन अर्ब डलरभन्दा बढीको गिरावट आयो । डीपसिकको एआईमा कम लागतको दृष्टिकोणप्रति लगानीकर्ताहरूले प्रतिक्रिया जनाएपछि अमेरिका र युरोपका अन्य प्राविधिक कम्पनीहरूको मूल्यमा पनि गिरावट आएको छ ।
दोस्रो विशेष कुरा के हो भने ‘डीपसिक आर १’ यस्तो खुला स्रोत हो, जसको अर्थ जो कोहीले पनि यसलाई निःशुल्क प्रयोग गर्न सक्छन् र विकासकर्ताहरूले पनि यसको एपीआई पनि निःशुल्क प्रयोग गर्न सक्छन् । ‘डीपसिक आर १’ को आगमन पछि विश्वभरका शेयर बजारहरूबाट अर्बौं डलर गायब भएको छ । ‘डीपसिक आर १’ ले हाल फोटो र भिडियोहरू निर्माण गरिरहेको छैन तर यसले प्रयोगकर्ताहरूको प्रश्नहरूको जवाफ हिन्दी, अंग्रेजी, चिनियाँ र अन्य भाषाहरूमा निःशुल्क दिन सक्छ ।
सुरु भएको दिनमै डीपसिकमाथि साइबर आक्रमण
‘डीपसिक आर १’ यसको सुरुवातपछि तुरुन्तै भाइरल बन्यो, त्यसपछि मानिसहरूले यसलाई विश्वभर प्रयोग गर्न थाले र ओपन एआईका प्रयोगकर्ताहरू घटे । २४ घण्टामा डिपसिक एप एप्पलको एप स्टोरमा शीर्ष निःशुल्क डाउनलोड गरिएका एपहरूको सूचीको शीर्ष स्थानमा पुग्यो । यसैबीच डीपसिक कम्पनीले ठूला साइबर आक्रमणको सामना गर्नुप¥यो ।
कसरी डाउनलोड गर्ने ?
चीनको डीपसिक एप कम्पनीको वेबसाइट र एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । अमेरिका र बेलायतमा एप्पल एप स्टोरबाट डाउनलोड गर्ने सन्दर्भमा डिपसिक शीर्ष स्थानमा छ । डाउनलोड गर्ने सन्दर्भमा यसले ओपन एआईको च्याटजीपीटीलाई पछाडि पारेको छ ।
संसारमा अन्य लोकप्रिय खोज इन्जिनहरू के के हुन् ?
ChatGPT,Open AI, Google Bard, Bing AI, Perplexity AI, Meta AI र YouChat लोकप्रिय खोज इन्जिनहरू हुन् ।
अन्त्यमा
चीनले प्रविधीमा गरेको पछिल्लो उच्च विकासका कारण चीन विश्वको सुपरपावरको शीर्षस्थानमा उक्लन पुगेको छ ।
माओले सन् ६० देशकमा देखेको सपना थियो– बेलायत र अमेरिकालाई विकासमा उछिनेर संसारलाई चक्मा दिने । ५० वर्षपछि चीनले आर्थिक, विज्ञान प्रविधि तथा शिक्षालगायत तमाम क्षेत्रमा चीनले संसारमा चमत्कार गरेर हलचल ल्याइरहेको छ ।
चीनको चमत्कारले भन्छ– आजको दुनियाँमा समाजवाद सबैंभन्दा उन्नत व्यवस्था हो । ४० वर्षमा चीनले अमेरिकाले २ सय वर्ष र बेलायतले ५ सय वर्षमा गर्न नसकेको चमत्कार ४ दशकमा गरेर देखाइदिएको छ ।
विभिन्न न्युज एजेन्सीहरुको सहयोगमा ।