गण्डकी । नेपाल कम्युनिष्ट पार्टीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य एवम् लमजुङ जिल्ला इन्चार्ज विकिरण सीले देश उत्पादनले मात्रै समृद्ध हुने बताउँदै उत्पादनले देशको व्याप्त गरिबी, बेरोजगारी र असमानताको अन्त्य हुने बताए । उनले नेकपाले उत्पादनलाई प्रमुखताका साथ लागू गरेको भन्दै पार्टीलाई आत्मनिर्भर गराउँदै कार्यकर्तालाई पनि आत्मनिर्भर बनाउँदै लगेको बताए ।
नेपाली विशेषताको समाजवाद अबको आवश्यकता रहेको भन्दै उनले पार्टीको विचार नीति एव कार्यक्रमलाई जनताको बिचमा स्थापित गराउने सबैको भूमिका रहने बताए । पार्टीको बैठकले लिएको निर्णयहरु कडाईपूर्वक लागु गर्न निर्देशन दिदै उनले सबै पालिका र वडाहरुमा सङ्गठन निर्माणमा जोड दिन आग्रह गरे ।
बैठकले पार्टीमा ध्रुवीकरण र गाउँपालिकास्तरीय अन्तरक्रियामा जोड दिने निर्णय पनि गरेको छ । यस्तै भ्रष्टचार विरुद्धको कार्यक्रम, MCC सम्बन्धी भण्डाफोर, महङ्गी, शैक्षिक सरोकार, श्रमिक समुदायका सरोकार लगायतका विषयमा सङ्घर्ष गर्ने निर्णय समेत बैठकले गरेको लमजुङका सेक्रेटरी रवीन्द्र सीले बताए ।
प्रतिक्रिया दिनुहोस्