![](https://janapatrika.com/wp-content/uploads/2025/02/Messenger_creation_E25E386C-3C9D-423F-AE2C-32C238018E36.jpeg)
चरिकोट । नेकपाका केन्द्रीय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज प्रेम सीले जनताले चाहेको परिवर्तन समाजवादले मात्र पूरा गर्ने बताएका छन् । दोलखा जिल्लाको सातौं पूर्ण बैठकलाई सम्बोधन क्रममा उनले उनले यस्तो बताएका हुन् । देशमा राष्ट्रिय संकटको अग्रगामी निकास जरुरी भएको चर्चा गर्दै उनले ‘सुख र समृद्धिको निम्ति समाजवाद स्थापना गर्न जनतालाई नेकपाको विचार र नीतिलाई समर्थन गर्न’ सबैलाई अपिल गरे ।
शासकहरु जनताको सेवा छाडेर विदेशीको गोटी मात्रै बनेकाे बताउँदै उनले यो दलाल पुँजीवादी संसदीय व्यवस्था र शासकहरुको असफलताको कारणले नै देश र जनताको स्थिति झन् पछि झन् भयावह हुँदैं गएको बताए ।
वैदेशिक हस्तक्षेप र दलाल पुँजीवादीको शोषणको चक्र तोड्न एकीकृत जनक्रान्तिको विकल्प नभएकोमा जोड दिए । त्यसकारण सम्पूर्ण प्रगतिशील एवं देशभक्त शक्तिहरुसंग सहकार्य गर्दै अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
जिल्लाको सातौं पूर्ण बैठकले चौथो आवधिक योजना बनाएको छ । नेता-कार्यकर्ताको नयाँ जिम्मेवारी बाँडफाँड गर्नुको साथै विभिन्न निर्णयहरु गर्दै बैठक सम्पन्न भएको जनाइएको छ ।