
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले इतिहासकाे रक्षा गर्न निकै ठूलो जिम्मेवारी नेकपाकाे काँधमा रहेकोले साेहीअनुसार गम्भीर भएर प्रस्तुत हुन आग्रह गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्ला समितिकाे चाैतारा नगरपालिकाकाे ठूलाेसिरुबारीमा भएको साताैँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
माक्र्सवाद भनेकाे समस्या नभएर समाधान भएकोले माक्र्सवादले देश, समाजकाे हरेक समस्या समाधान गर्नेसमेत उनले बताए । शनिबार र आइतबार भएको सिन्धुपाल्चोककाे उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्ति भनेको भविष्यकाे सम्भावना र चुनौतीको संयोजन भएको हुँदा सशक्त रुपमा सबै नेता कार्यकर्ता उत्साहित भएर अगाडि बढ्न सबैलाई आग्रह गरे । एकीकृत जनक्रान्तिका लागि पार्टी संगठनलाई सुदृढ र विस्तार गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै पार्टी, संगठन, जवस र सबै माेर्चाहरुलाई काम इमान्दारीपूर्वक गर्न निर्देशनसमेत दिए । देशको वर्तमान आवश्यकतामा ध्रुवीकरण, एकता र मोर्चाबन्दी/सहकार्य पार्टीको कार्यनीतिसंग मिल्नेसंग गर्दै अगाडि बढाउनुपर्ने बताउदै बैठकका सहभागीलाई सोही अनुसार अगाडि बढ्न निर्देशनसमेत दिए । आजकाे हरेक समस्या सचेतापूर्वक पहल लिएर अगाडि बढ्नु पर्ने बताए ।
बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरु उच्च मनाेबलसहित ऊर्जावान भएर पार्टीका आगामी योजना साेहीअनुसार लागू गरेर अघि बढ्न निर्देशन समेत दिए ।
यसैगरी प्रवक्ता प्रकाण्ड सीले समाजमा देखिएको निराशाको प्रमुख कारण विद्यमान व्यवस्था भएको तथ्य प्रस्तुत गर्दै यसको विकल्पमा समाजवादी क्रान्ति देशको आवश्यकता भएको ठोकुवा गरे । उनले २०८४ सालमा हुने निर्वाचन देश र जनताका विरुद्धको षड्यन्त्रको रुपमा हुन नदिन एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा नेपाल कम्युनिष्ट पार्टी पनि ०८४ को निर्वाचनमा सहभागी हुने बताउँदै निर्वाचनको तयारी गर्न बैठकमा सहभागीलाई निर्देश गरे ।
यसैगरी उक्त बैठकलाई सम्बोधन गर्दै नेकपाको केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सीले केन्द्रीय समितिले अघि सारेको निर्णयहरु अक्षरसं पालना गर्ने प्रतिबद्धतासहित सबै तहका नेता कार्यकर्ताहरुलाई साेहीअनुसार दिशानिर्देश गरे । नयाँ परिस्थिति अनुसार जिल्ला पार्टी र संगठन सुदृढ र सुद्धीकरण गर्दै जनतामा पार्टी स्थापित गर्नु पर्ने बताए ।
जिल्ला सेक्रेटेरी साेनाम सीको अध्यक्षतामा बसेको उक्त बैठकमा नेकपाका केन्द्रीय सदस्य धिरेन्द्र सी, केन्द्रीय प्रतिनिधि सदस्यहरु किरण सी, सुमन सी र सविन सीकाे सहभागिता रहेको थियो ।