
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन अमेरिकालाई आग्रह गरेका छन् । महासचिव विप्लव सीले आइतबार एक विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग अगाडि बढाउन आग्रह गरेका हुन् ।
महासचिव विप्लव सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ -‘MCC कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नै आम नेपाली जनताले MCC कम्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आइरहेका छन् । डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको MCC कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’
विज्ञप्तिकाे पूर्ण पाठ–
गत जनवरीमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा पदभार समालेपछि डोनाल्ड ट्रम्पले विदेशमा गरिने सबै आर्थिक खर्च र सहायताको प्रभावकारिता एवम् निरन्तरताको विषयमा केन्द्रित भएर २० जनवरी २०२५ (७ माघ २०८१) मा वैदेशिक विकास सहायतालाई तीन महिना (९० दिन) का लागि स्थगन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे । हस्ताक्षर आदेश सम्बन्धित निकायबाट जारी भएपछि विश्वभर एक किसिमको हलचल र तरङ्ग पैदा भएको छ र नेपालमा पनि त्यसले जबर्जस्त प्रभाव परेको छ । डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा MCC कम्प्याक्ट पनि ९० दिनको लागि स्थगन भएको छ ।
MCC कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नै आम नेपाली जनताले MCC कम्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आइरहेका छन् । डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको MCC कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
MCC कम्प्याक्ट हिन्द-प्रशान्त रणनीतिको अंग हो । MCC कम्प्याक्ट मार्फत देश र जनताले अकल्पनीय क्षति व्यहोर्नुपर्ने आम नेपाली जनताको जबर्जस्त मत रहँदै आएको छ । यसर्थ MCC कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं ।