३१ भाद्र २०८१, सोमबार

एमसीसी विरुद्धको प्रदर्शनको क्रममा बानेश्वरबाट १२ जना पक्राउ

0

काठमाडौँ/ अमेरिकी परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) कार्यान्वयन विरुद्धको प्रदर्शनको क्रममा प्रहरीले काठमाडौँको बानेश्वरबाट १२ जना पक्राउ गरेको छ । सोमबार बेलुका ७:३० बजे युवा संगठन नेपालद्वारा आयोजित प्रदर्शनको क्रममा उनीहरुलाई पक्राउ गरिएको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ सेक्रेटरी चिरन सीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरूमामा युवा संगठन नेपालका सचिव अनिल सी, सचिवालय सदस्य जीवन, केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज कैलाश सी, जिल्ला सदस्य विराज सी रहेका छन् ।

यसैगरी अखिल (समाजवादी) सम्बद्द विद्यार्थी नेताहरु कपिल सी, ललि जङ्ग सी, प्रेम सी, निगम सी, आदेश सीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनको क्रममा मजदुर संगठनका दिपक सी लालबहादुर सी र अखिल नेपाल महिला संघ क्रान्तिकारी महासचिव राजकुमारी सीलाई समेत पक्राउ गरिएको जानकारी दिइएको छ ।
प्रदर्शनकारीहरुले अमेरिकी साम्राज्य मुर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, वैदेशिक हस्तक्षेप मुर्दावाद भन्दै मशाल जुलुस समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।