१८ चैत्र २०८१, सोमबार

युवा संगठन नेपाल चितवन रत्ननगरको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा सुवास सी

0

चितवन– युवा संगठन नेपाल रत्ननगर समितिकाे दोस्रो रत्ननगर सम्मेलन सम्पन्न भएकाे छ ।
शनिबार सम्पन्न सम्मेलनले सुवास सीकाे अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सम्मेलनमा २५० बढी युवाहरूकाे उपस्थिति रहेकाे थियाे ।
सम्मेलनकाे प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय सचिव अनिल सीले सम्बोधन गर्दै विश्व पुजिवाद र दलाल पुँजीवादले हाम्रा युवायुवतीहरुलाई राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्या रोजगारीमा ठूलाे असमानता र शाेषणले अत्याचारकाे मार खेपिरहनुपरेकाे ठाेकुवा गरे । उनले नेकपाकाे नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत हुने नेपाली विषेशताको समाजवादमार्फत असमानता र शाेषणकाे अन्त्य हुने बताए ।

कार्यक्रमका विशेष अतिथि नेकपा चितवन जिल्ला सेक्रेटरी रुद्र सीले युवाहरू कुनै भातृ संगठन नभएर यो भनेको पार्टीको सहायक संगठन भएको बताए । यसले पार्टीको मूल योजनालाई हेन्ड्ल गर्ने अभिभारा रहेको र हरेक ठाउँमा अगाडि हुन जरुरी रहेको बताए ।

कार्यक्रममा अतिथिहरु पार्टी केन्द्रिय सदस्य दिनेश सी, केन्द्रिय प्रतिनिधि सदस्य तथा संगठनका केन्द्रिय सचिवालय सदस्य अशोक सी, पार्टी केन्द्रीय प्रतिनिधि सदस्य भरत सी, रत्ननगर इन्चार्ज सारर्दा सीले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रिय सदस्य पारस सीले गरेका थिए भने सञ्चालन दिनेश सी गरेका थिए ।
कार्यक्रममा अन्य अतिथिहरु संगठनका केन्द्रिय सदस्यहरु पारस, सुमितलगायत युवा नेताहरु उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।