११ फाल्गुन २०८१, आईतवार

आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव छैन : विप्लव

जुम्लामा विप्लवद्वारा स्याउँ रोपन कार्यक्रमको उद्घाटन

0

 

जुम्ला । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जुम्लामा स्याउँ रोपन कार्यक्रमको उद्घाटन गरेका छ्न् ।

नेकपाको केन्द्रीय कार्यलयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका ७ धौलापानीमा करिव १४ हजार वर्गमिटर जमिनमा स्याउँ रोपेर उद्घाटन गरेका हुन्  ।

महासचिव विप्लवले कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने आफ्नो पार्टीले निष्कर्ष निकालेको बताएका छन् ।

उनले पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका जनतालाई कृषि क्रन्तिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको सुनाए ।
उनले हावापानी र मौसमअनुसारको फलफुल बालीनाली उत्पादन गरिरहेको बताउँदै विप्लवले भने- “अहिले हाम्रा नेताकार्यकर्तालाई देशैभर खानकै लागि कहिकतै माग्नुपर्ने अवस्था छैन, देशैभर सबै नेता कार्यकर्ता उत्पादनमा लागेका छौँ ।”

महासचिव विप्लवले जगा उपलब्ध गराउने हिमा गाउँपालिका ७ धाँचुगाउँकी कृष्ण कौडा शाहीलाई धन्यवाद दिए । उनले भने- ‘उहाँ सहिद परिवार पनि हुनुहुन्छ, उहाँले हामीलाई जग्गा उपलब्ध गराउनु भयो, विशेष धन्यवाद छ ।’

विप्लवले स्याउँ रोपन कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

स्याउँ रोपन कार्यक्रममा नेकपाका महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य विषम सी, भरत सी, सुशील सी, पोलिट ब्युरो सदस्य असल सी, भेषराज सी लगायत केन्द्रीय सदस्यहरु, केन्द्रीय प्रतिनिधि सदस्यहरु, युवा, विद्यार्थी, पत्रकार, नेताकार्यकर्ता र स्थानीय  जनताहरुको उपस्थिति रहेको छ ।

स्याउँ रोपन कार्यक्रम साँझैसम्म चल्ने र त्यसपछि समापन गर्ने कार्यक्रम रहेको नेकपाका केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज बिर्ख बहादुर शाही “प्रभाजित सी”ले जानकारी दिए ।

आज धौलापानीमा करिब  १ हजार बढी बिरुवा रोपेर भोलि १२ गते विहान कालीकोटको तिलागुफा नगरपालिका फोहिईमा स्याउ रोप्न जाने कार्यक्रम रहेको नेकपाका केन्द्रिय सदस्य अडिग सीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।