
काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मधेश प्रदेशले कृषि उत्पादनलाई तिब्रता दिएको छ । प्रदेश कार्यालयले लिजमा लिएको ५ विघा जमिनमा फलफूल, तरकारी र बर्खेवाली लगाउन खेत सम्याइएको छ ।
खनजोत गरेर मल, बालि छनोट लगायतको काममा तिब्रता दिएको नेकपा मद्येश प्रदेशले जनाएको छ । आइतबाट २१ जनाले बर्दिवास – ८, कृष्णपुरमा भाडामा लिएको ५ विगाहा जमिनमा श्रमदान गरिएको छ । जहाँ अघिल्लो शनिबार दुईपटक ट्र्याक्टर लगाइएको थियो ।
नेकपाले आधा जग्गामा आँप, लिची, कटहर, केरालगायत रैथाने फलफूल खेती गर्ने र आधामा तरकारी खेती गर्ने योजना बनाएको स्थायी समिति सदस्य तथा मधेश प्रदेशका इन्चार्ज अनिल सोले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्