१६ फाल्गुन २०८१, शुक्रबार

कुनैपनि क्रान्ति आफ्नै उत्पादन विना सफल हुँदैन : विप्लव

0

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कुनैपनि क्रान्ति आफ्नै उत्पादन विना सफल नहुदे ठोकुवा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आयोजनामा कालिकोटको फाेइमा साेमबार स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लव सीले कुनैपनि क्रान्ति आफ्नै उत्पादन विना क्रान्ति सफल नहुने ठाेकुवा गरेका हुन् ।

कुनै पार्टी र नेताले उत्पादन विनाको क्रान्तिको कुरा गर्छ भने त्यो सफल नहुने र सकिने निश्चित भएको भन्दै नेपालमा समाजवाद ल्याउन उत्पादन क्रान्तिलाई जोड्नै पर्ने बताए ।

‘३ बर्षमा पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका थियौँ तर डेढ बर्षमै पार्टीलाई आत्मनिभर बनाउनेतिर पुगेका छौँ, महासचिव विप्लव सीले भने, त्यसैको निरन्तरतामा जुम्ला र कालिकोटमा स्याउ राेप्दैछाैं ।

महासचिव विप्लवले सहभागी सबैको हात हातमा स्याउका विरुवा समात्न लगाएर “स्याउ राेप्याे, देश बनाऊ” भन्ने नारा दिएर स्याउको विरुवा खनेको खाल्डोमा हालेर आफै रोप्न सुरू गरे ।

स्याउ राेप्न कार्यक्रममा नेकपा माओवादी नेता गणेश शाहीले नेकपा कृषि क्रान्ति स्वागतयोग्य भएको भन्दै धन्यवाद दिए । उनले रूपान्तरणसहितको माओवादी एकता र विप्लवले माओवादीको नेतृत्व गर्नपनि आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।