१६ फाल्गुन २०८१, शुक्रबार

बलिदान दिवस तथा सहिद सप्ताहको अवसरमा युवा संगठन नेपाल रुपन्देहीद्वारा खुल्ला रक्तदान

0

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल रुपन्देहीले बलिदान दिवस एवम् सहिद सप्ताहको पहिलो दिन खुल्ला रक्तदान कार्यक्रम गरि मनाएको छ । युवा संगठन नेपाल रुपन्देहीको आयोजना बुटवलमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य शरद सीले विकसित परिस्थितिमा युवाहरूको भूमिका रचनात्मक एवम् सिर्जनात्मक हुनुपर्नेमा जोड दिएका थिए । नेता शरदले जनयुद्धमा समेत युवाहरूको भूमिका सशक्त र निर्णायक रहेको भन्दै यस्ता खाले कार्यक्रमले समाजवादी यात्राकाे वातावरण बनाउने बताए । जनयुद्धकालमा गोर्खाको घटनाको स्मरण गर्दै नेता सीले शिक्षक गिरफ्तार गर्ने तत्कालीन पुलिस प्रशासनलाई विद्यार्थीहरुले प्रतिरोध गरेको बताउदै बलिदान दिवस गौरवपूर्ण रहेको जिकिर गरे । जनयुद्धकालिन सहिदहरुको सम्मान र स्मरणमा सञ्चालित सहिद सप्ताहको समेत यो कार्यक्रमसंगै सञ्चालन भएको उनको तर्क थियोे । कार्यक्रममा युवा संगठन नेपालका रुपन्देही इन्चार्ज भक्त सीले रचनात्मक कार्यमार्फत जनयुद्धलाई स्मरण गर्नु सकारात्मक भएको बताए । कार्यक्रममा जनपत्रकार संगठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, नियमित रक्तदाता समाजका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी, नेकपा केन्द्रीय सदस्य विश्वास सी, जया पौडेल, रुपन्देही सेक्रेटरी विरेन्द्र सी लगायतको उपस्थिति रहेको थियोे ।
युवा संगठन नेपालका रुपन्देही अध्यक्ष हरी सीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन जिल्ला सचिव शिव सीले गरेका थिए । कार्यक्रममा ५ दर्जन भन्दा धेरैले रक्तदान गरेको नेकपा जिल्ला सेक्रेटरी विरेन्द्र सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।