
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गोरखा गोरखा जिल्ला इन्चार्ज कपिल सीले वर्तमान व्यवस्थाको निकास नेपाली विशेसताको समाजवाद भएको बताएका छन् ।
बुधबार नेकपा गोरखा नगरपालिकाले सहिद सप्ताहको अवसरमा आयोजना गरेको सहिदको स्मरण तथा सहिद परिवारलाई सम्मान कार्यक्रममा बोल्दै नेता कपिल सीले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले जवसम्म यो देशको नेतृत्व नेकपाले गर्दैन तबसम्म सहिद तथा बेपत्ता परिवारको सपमा पूरा हुन सम्भव नरहेको बताए ।
उनले भने, “जबसम्म यो देश नेकपाको नेतृत्वमा नेपाली विशेषताको समाजवादमा जादैन तबसम्म जनताको मुक्ति सम्भव छैन । त्यसका लागि देशका सहिद परिवार, बेपत्ता परिवार, बुद्धिजिवि, देशभक्त क्रान्तिकारी समाजवादका अनुयायी, सम्पूर्ण कम्युनिस्ट लोकतन्त्रवादीहरु, माओवादी घटक, राष्ट्रिय पुँजीपतीहरु एक भएर यो व्यवस्थाको विरुद्ध धावा बोल्न जरुरी छ त्यसपछि देश नेपाली विशेषताको समाजवादमा जान्छ तबमात्र जनताको मुक्ति सम्भव छ ।”
नेकपाका प्रतिनिधि समिति सदस्य योगेन्द्र सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रकाश सीले गरेका थिए भने अञ्जना सी, रन सी र टोपबहादुर सीले आफ्नो महत्वपूर्ण मन्तव्य राखेका थिए । कार्यक्रमा सहिद तथा बेपत्ता परिवारको उल्लेख्य उपास्थिति रहेको थियो ।