१८ चैत्र २०८१, सोमबार

नेकपा गण्डकीले लगाएको आलु तयार, झण्डै ७० क्विन्टल आलु निर्यात गर्दै

0

गण्डकी/ नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशले उत्पादन गरेको झण्डै ७० क्विन्टल आलु निर्यात गर्दैछ । व्यापारिक घराना चौधरी ग्रुपलाई चिप्स उत्पादनको प्रयोजनका लागी नेकपा गण्डकीले आलु पठाउन लागेको हो ।
सम्झौता अनुरुप देशभरमा पार्टीमार्फत आलु लगाइएको र सोही बमोजिम गण्डकीबाट आलु तयार भएको छ, सोही आलु ग्रेडिङ्ग गरेर पठाउन लागिएको नेकपाका स्थायी समिति सदस्य एवम् गण्डकी ब्युरो प्रमुख शिलु सीले बताइन् । उनका अनुसार गण्डकीका विभिन्न अन्य जिल्लाहरुले पनि उत्पादन गरिरहेका छ्न, पार्टीको नीतिबमोजिम उत्पादनमा सबै नेता कार्यकर्ता जोडिएको र त्यसको एउटा नमूना आलु उत्पादन रहेको छ । ‘अर्बौको आलु भारतबाट आयात हुन्छ, हामी आयात रोकेर देशलाई आत्मनिर्भर बनाउदै निर्यात गर्ने दिशामा अगाडि बढेका छौं, यसको लागी हामी निरन्तर उत्पादन गर्छौं ।’ नेता शिलुले भनिन् ‘अबको राजनीति गफ गरेर होइन उत्पादन गरेर गर्नुपर्छ, हाम्रो पार्टीको नीतिको कारण आम जनतामा पनि उत्पादन गर्नुपर्छ भन्ने हौसला बढेको छ ।’
झण्डै १० क्विन्टल आलु लगाएको नेकपा गण्डकीले ७० क्विन्टल बढी उत्पादन गरेको हो, उत्पादित आलु चौधरी ग्रुपबाहेक पार्टीले प्रयोग गर्ने र फुटकर बेच्नेसमेत तयारी गरिएको उत्पादन विभाग प्रमुख उषा सीले बताइन् ।
आलु खनेर ग्रेडिङ्ग गराई बोराहरुमा प्याक गरिएको छ, अब केही दिनमा आलुहरु चिप्स उत्पादनका लागी जानेछन् । सुगर फ्री आलु भएकोले स्थानीय बजारको माग पनि अत्याधिक छ । पार्टी कार्यालयसम्म आएर उत्पादनलाई अनुगमन गर्ने, ग्राहकको रुपमा किन्न र सिक्नलाई समेत दैनिक आम नागरिकहरु पार्टीको कार्यालय छिनेडाडाँमा आउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।