६ बैशाख २०८२, शनिबार

अब गफ गर्ने होइन काम गर्ने पार्टी चाहियो : भरत सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपालमा गफ गर्ने पार्टी नभई काम गर्ने नेता र पार्टी चाहिएको बताएका छन् ।
शनिबार रुप्साको चिसापानीमा त्रिवेणी साझेदारी भेडाफर्मको उद्घाटन कार्यक्रममा बाेल्दै नेकपाका स्थायी समिति सदस्य भरत सीले गफ गर्ने नभई काम गर्ने नेता र पार्टी नेपालमा चाहिएको बताएका हुन् ।
उनले त्यस्तो पार्टी नेकपा र नेता विप्लव मात्र भएको दाबी गरे । नेता भरत सीले नेपालमा आफ्नै उत्पादन गरेर रुपैया आफै बनाउने कममा लाग्नु पर्ने बताए ।
उनले नेपालमा दलाल पुँजीवादी व्यवस्थाका कारण जनता र सहिद परिवारको सपना पूरा नभएको भन्दै समाजवादी व्यवस्था आवश्यक भएको जिकिर गरे । उनले अबको क्रान्ति उत्पादन क्रान्ति भएको बताए ।
कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले युवाहरु नेपालमै श्रम गर्ने बानी बसाल्नु पर्ने बताए । उनले भेडाफर्म उद्घाटन गर्न महासचिव विप्लव विकट ठाउँमा पुग्नु सामान्य नभएको बताए ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले नेकपाले भेडा पाल्नु र उद्घाटन गर्न महासचिव विप्लव आफै ४ घण्टा हिडेर विकट ठाउँमा पुग्नु ऐतिहासिक कार्य भएको बताए ।
उनले नेपालका कुनै पनि पार्टीका नेताहरुले गर्न नसकेको काम नेकपाले गरेको भन्दै यो ऐतिहासिक काम भएको जिकिर गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि हरी बाेगटीले भेडा पालेको काम गौरवपूर्ण भएको भन्दै नेकपा र महासचिव विप्लवलाई धन्यवाद दिए ।
वडानम्वर ५ का वडासचिव पर्व बाेगटीले आत्मनिर्भर विना केही पनि विकास नहुने भन्दै नेकपाको आत्मनिर्भरताको योजना राम्रो भएको बताए । उनले अरु पार्टीका नेताहरुलाई यसबाट सिक्न पनि सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।