२६ फाल्गुन २०८१, सोमबार

विप्लवद्वारा सी गार्मेन्टकाे औपचारिक उद्घाटन, सबै खालकाे उत्पादनले आत्मनिर्भर बनाउन जरुरी

0

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले शिवराज नगरपालिका वडा नम्बर १ मा रहेको सी गार्मेन्टकाे औपचारिक रूपमा उद्घाटन गरेका छन् ।
एकीकृत स्वामित्व अन्तर्गत रहेको सी गार्मेन्टमा महासचिव विप्लव सीले सुरुमा मिसिन चलाएर उद्घाटन गरेका हुन् ।

नेकपा महासचिव विप्लव सीले ग्रामेन्ट उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सबै खालकाे उत्पादनले पार्टी, नेताकार्यकर्ता र देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए ।
महासचिव विप्लव सीले कृषि, उद्योगसँग आत्मनिर्भर बने मात्र देश समृद्धिकाे यात्रा जान सकिने प्रष्ट पारे ।
कार्यक्रमको संचालन पार्टी केन्द्रीय सदस्य संगम सीले गरेका थिए ।
उद्घाटन कार्यक्रममा नेकपाका स्थायी समिति तथा लुम्बिनी प्रदेशकाका इन्चार्ज विषम सी, स्थायी कमिटी तथा मधेस प्रदेश इन्चार्ज अनिल सी, लुम्बिनी प्रदेशका एमाले संसद अर्जुन कुमार केसी, नेपाली कांग्रेसका नेता उमाकान्त खनाल, रासपाका शिवराज नगरपालिका मेयर अजय थापा, माओवादी केन्द्रका नेता दिनेश पुनको उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।