२६ फाल्गुन २०८१, सोमबार

नेकपा कास्कीद्वारा सहिद परिवार सम्मान

0

कास्की । नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्लाको आयोजनामा पोखरामा सहिद परिवार र वेपत्ता परिवारजनहरूसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहिद तथा वेपत्ता योद्धाहरूको योगदानको स्मरण गर्दै उनीहरूका परिवारजनलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिलु सीले संघर्षको इतिहासलाई सम्झिँदै वर्तमान पुस्ताले सहिदहरूको सपना पूरा गर्न निरन्तर लाग्नुपर्नेमा जोड दिइन् । उनले सहिदहरुले देखाएको मुक्तिकाे बाटोमा नेकपा निरन्तर रहेको भन्दै समाजवाद ल्याई छाड्ने र त्यसको नेतृत्व नेकपाले गर्ने समेत बताइन् । यस्तै कार्यक्रममा नेकपाका पोलिट्ब्युरो सदस्य एवम् कास्की जिल्ला इन्चार्ज आस्था सीले सहिद, बेपत्ता एवं घाइते योद्दाहरुकै कारण आजको देशको परिवर्तन संस्थागत हुन सकेको बताइन् । अहिले परिवर्तन पनि अपुरो रहेको भन्दै उनले बाँकी कार्यभार पूरा गर्न इमान्दारपूर्वक नेकपाले दिएको कार्यदिशामा लाग्न आग्रह पनि गरिन् ।
कार्यक्रमको सञ्चालन सोममायाँ सीले गरेकी थिइन् स्वागत मन्तव्य कुमार सीले दिएका थिए । कार्यक्रममा कास्की जिल्ला सचिव उमेश सीले अध्यक्षता गरेका थिए । सहभागीहरूले यो कार्यक्रमले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गर्दै उनीहरूको योगदानलाई कदर गर्ने महत्त्वपूर्ण पहल भएको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।