२५ फाल्गुन २०८१, आईतवार

र्यालीसहित श्रमिक महिला दिवस सम्पन्न, समाजवादमा मात्रै महिलाको मुक्ति सम्भव : बन्धु सी

0

काठमाडौं । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न पार्टी निकटका महिला संगठनहरुद्वारा र्यालीसहित संयुक्त रूपमा मनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीसहित पाँच संगठनहरुले आज काठमाडौंको बानेश्वरमा जुलुस र सभा गरेर मनाएका हुन् ।

कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु सीले समाजवादमा मात्रै महिलाको मुक्ति सम्भव हुने ठोकुवा गरेकी छन् । “सडकमा मकै पोल्ने महिला, चटपटे बेच्ने महिला र साग बेच्ने महिलाको जीवनको प्रत्याभूति यो राज्यले कतिबेला दिन्छ ? त्यो कुराको पनि हामीले यहाँबाट आव्हान गर्न सक्नुपर्छ ?” उनले प्रश्न गरिन् ।

कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय अमृता थापाले आज समानुपातिक, समावेशीको दुहाई दिएर अस्थिर सरकारको नाम दिएर भ्रम छर्न खोजिरहेकोमा खबरदारी गरिन् ।

अखिल नेपाल समाजवादी महिला संगठनका केन्द्रीय अध्यक्ष जयन्ती राईले निरन्तर एकजुट भएर सशक्त लाग्नुपर्ने जरुरी रहेको बताइन् ।

भृकुटीमण्डपबाट नाराजुलुससहित सुरु भएको संयुक्त कार्यक्रम बानेश्वरमा सभा गरेर सम्पन्न भएको थियोे ।

कार्यक्रममा विभिन्न पार्टी र संगठन निकटका नेताकार्यकर्ताहरु समेत सहभागी भएका थिए ।

नेपाल समाजवादी महिला संघका नेता कल्पना सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष मिना पुनले गरेकी थिइन् । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।