
अखिल (समाजवादी) बबई बहुमुखी क्याम्पस बर्दियाको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ ।
अखिल (समाजवादी) का जिल्ला उपाध्यक्ष एवम् इकाई संयोजक पारस बाँनियाको अध्यक्षतामा नेकपाका केन्द्रीय सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज हिमशिखर सीको प्रमुख आतिथ्यता र नेकपा जिल्ला सचिव टिकाराम सी, अखिल (समाजवादी) का केन्द्रीय सदस्य एवं बाँके/बर्दिया इन्चार्ज हरि सि, अखिल (समाजवादी) का बर्दिया जिल्ला अध्यक्ष कोपिला सीको आतिथ्यतामा बबई क्याम्पसका सैयौं विद्यार्थीहरुको उपस्थितिमा भव्य रूपमा सम्मेलन सफल भएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि र अतिथिले ब्यानर पढेर र मैनबत्ति बालेर सम्मेलन उद्घाटन गरेका थिए ।
सम्मेलनलाई सम्बाेधनमा उनीहरूले देशमा दलालतन्त्र हावी भएका कारण मसानघाटबाट ब्युझिएर गंगालाल र दिल बहादुर रम्तेलका हत्याराहरुले फेरि टाउको उठाउन खोजेकोले नौजवान विद्यार्थीहरु सचेत हुनुपर्ने र समाजवाद्को लागि एकपटक फेरि जुट्नुपर्ने धारणा व्यक्त गर्दै सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
साथै संगठनका केन्द्रिय सदस्य तथा अतिथि हरि सी र नेकपा जिल्ला सचिव टिकाराम सीले पनि शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित इकाई अध्यक्ष पारस बाँनियाले सहकर्मीलाई बधाई दिदै संगठनप्रति प्रतिबद्धता व्यक्त गरेका थिए ।
अखिल (समाजवादी) बबई बहुमुखी क्याम्पस इकाईको प्रथम सम्मेलनबाट निर्वाचित पदाधिकारी र सदस्य निम्नानुसार रहेको छ ।
अध्यक्ष: पारस बनिया
उपाध्यक्ष: मनिषा चौधरी
सचिव: सीता थारु
सहसचिव: अनिसा कुमारी थारु
कोषाध्यक्ष: अनिल कुमार निषाद
लगायत २३ जनाको इकाई कमिटी निमार्ण भएको छ ।