६ चैत्र २०८१, बुधबार

तीन संयुक्त प्यानललाई पछि पार्दै रोल्पाको नमुना क्याम्पसमा अखिल (समाजवादी) को प्यानलै विजयी

0

राेल्पा । रोल्पाको परिवर्तन गाउँपालिका ५ बागमारामा रहेको रोल्पा नमूना क्याम्पसको स्ववियु निर्वाचनमा विप्लव निकट नेकपाको अखिल (समाजवादी) को प्यानलै विजयी भएको छ ।
नेकपा माओवादी, नेपाली कांग्रेस र एमाले निकटका तीन ठुला विद्यार्थी संगठनहरुको साझा प्यानललाई पराजय गर्दै अखिल (समाजवादी) को प्यानलै विजयी भएको हो ।
अखिल (समाजवादी) का नेता चुडामणी केसीको प्यानल ठुला भनिने विद्यार्थी संगठनलाई चुनौती दिदै विजयी भएको अखिल (समाजवादी) ले जनाएको छ ।
केसीले ७१ मत प्राप्त गरेर स्ववियु सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र निकट संगठनका साझा उम्मेद्वार दिपेन्द्र डाँगीले ४२ मत मात्र पाएका छन् ।
डाँगीलाई २९ मत्तान्तरले पराजित गर्दै केसी विजयी भएको निर्वाचन मण्डलका संयोजक गोपालबहादुर केसीले बताए ।
कोषाध्यक्ष पदमा अखिल (समाजवादी) का टोपबहादुर परियार निर्वाचित भएका छन् । परियारले ७१ मत प्राप्त गर्दा प्रतिद्वन्दी निर्मला डाँगीले ४५ मत पाएका छन् ।
यस्तै सचिव पदमा पनि अखिल (समाजवादी)का देवेन्द्र डाँगीले ६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी प्रकाश रोका मगरले ४१ मत पाएका छन् ।
अखिल (समाजवादी)का तर्फबाट सदस्य देवी रिजालले ७१ मत प्राप्त गरी विजयी भएकी छन् भने प्रतिद्वन्दी कमला पुन मगरले ४४ मत पाएकी छन् ।
अखिल (समाजवादी)बाट अर्को सदस्य पदमा सीमाना बुढाले ७२ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका प्रतिद्वन्दी अञ्जना बुढा मगरले ४४ मत पाएकी छन् ।
जम्मा १ सय २८ मतदाता रहेको क्याम्पसमा १ सय १७ मत खसेको थियो । मतदानमा ११ जना अनुपस्थित रहेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वार पृथी केसी र टिकाजङ घर्ती मगरले शून्य मत पाएका छन् ।
यो निर्वाचनले ठुला भनिने दलका विद्यार्थी संगठनलाई ठुलो धक्का पुगेको छ । तीन तीन ठुला संगठन एक ठाउँ उभिदा पनि विप्लवको विद्यार्थी संगठनले प्यानलै विजयी गर्दा ठुला संगठन भित्र भूकम्प नै गएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।