९ बैशाख २०८२, मंगलवार

वीरगञ्जमा राजावादीविरुद्ध राँके जुलुस

0

वीरगञ्ज – आद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा पूर्वपञ्च र राजावादीहरूको प्रतिगमनकारी कदमविरुद्ध मसाल जुलुस प्रदर्शन भएको छ । आइतबार नेकपा, पर्साको आयोजनामा भएको उक्त राँके जुलुसको नेतृत्व नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले गरेका थिए ।

जुलुसमा पार्टीका केन्द्रीय सदस्यहरू जनक सी, फिरोज सीको उपस्थिति थियो । विन्दवासिनी–२, बहुअर्वा बजारमा भएको मशाल जुलुस कोणसभामा परिणत भएको थियो ।

सभालाई पर्साका पार्टी नेताहरु फिरोज सी र दिपेन्द्र सीले सम्बोधन गर्दै गणतन्त्र, संघीयताको रक्षा गर्न लड्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।