२ बैशाख २०८२, मंगलवार

प्रतिगामी हर्कत विरुद्ध सिराहामा नेकपाको राँके जुलुस

0

सिराहा – नेपाल कम्युनिस्ट पार्टी सिराहाले कथित राजावादीहरुको प्रतिगामी हर्कत विरुद्ध सिराहामा नेकपाको राँके जुलुस प्रदर्शन गरेको छ । शनिबार साँझ महेन्द्र राजमार्गमा पर्ने सिराहा जिल्लाको गोनुववारमा राजावादीहरुको प्रतिगामी हर्कत विरुद्ध मसाल जुलुश प्रदर्शन गरेको हो ।

नेकपाका केन्द्रीय सदस्य लक्ष्मण सीको नेतृत्वमा बुद्धचोकबाट शुरु भएको मशाल जुलुसमा प्रतिगामी हर्कतविरुद्ध सयौं सर्वसाधारण तथा नेता कार्यकर्ताहरुले सहभागिता जनाएका थिए ।

प्रदर्शनको केही समयपछि भएको कोणसभालाई सम्बोधन गर्दै नेता लक्ष्मणले ‘राजतन्त्र नामको भूतप्रेत नेपालमा कुनैपनि हालतमा नआउने बताएका थिए ।

नेकपाका सिराहा जिल्ला इन्चार्ज किम सीले समाजवाद बाहेक अर्को राजनीतिक विकल्प नभएको बताएका थिए । शनिवार नै नेकपाले सिराहाको जिल्ला बैठक समान भएको सिरहाका पार्टी नेता माइला सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।