१७ बैशाख २०८२, बुधबार

पोखरा जाँदै विप्लव, मजदूर सभालाई सम्बोधन गर्ने

जनसभाको तयारी पूरा, हजारौं कार्यकर्ता उतार्दै नेकपा गण्डकी

0

काठमाडौँ – नेकपाका महासचिव तथा समाजवादी मोर्चाका संयोजक विप्लव सी बुधबार काठमाडौँबाट पोखरा जाने भएको छन् । नेकपा केन्द्रीय कार्यालय स्रोतका अनुसार विप्लव १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा पोखरामा आयोजित मजदूर सभालाई सम्बोधन गर्न पोखरा जान लागेका हुन् ।

वैशाख १८ गते पृथ्वीचोकबाट निस्कने जुलुस पर्यटकीय नगरी पोखराका विभिन्न स्थानको परिक्रमा गरेर चिप्लेढुङ्गामा पुगेर जनसभामा परिणत हुने बताइएको छ । जुलुसको नेतृत्व विप्लव सी आफैँले गर्ने नेकपा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले बताएकी छन् ।

१३६ औं मई दिवसको पोखरामा भव्य तयारी भइरहेको नेकपा गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

पाेखराकाे जनसभाको तयारी पूरा, हजारौं कार्यकर्ता उतार्दै नेकपा गण्डकी

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) को १३६औँ संस्करणको अवसरमा नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशद्वारा आयोजित विशाल जनसभा को तयारी पूरा भएको नेकपा गण्डकी प्रदेशले जनाएको छ ।

मानव अधिकार चोक (चिप्लेढुंगा), पोखरामा हुने उक्त कार्यक्रममा पार्टीका महासचिव सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता तथा श्रमिकहरुको उल्लेख्य उपस्थिति रहने आयोजकको भनाइ छ। कार्यक्रमका नेकपाका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज शिलु सीका अनुसार करिब पाँच हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ ।
कार्यक्रम आगामी बिहीबार (वैशाख १८ गते) दिउँसो १ बजेबाट सुरु हुनेछ भने जुलुस सोही दिन बिहान ११:३० बजे पृथ्वीचोक (पोखरा मल) बाट प्रस्थान गर्नेछ ।
कार्यक्रममार्फत नेपाली विशेषता अनुसारको समाजवाद प्राप्तिको दिशामा अघि बढ्न प्रेरणा लिने र श्रमिकहरुको एकता तथा संघर्षको सन्देश प्रवाह गर्ने आयोजकको उद्देश्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।