२१ बैशाख २०८२, आईतवार

सहिद मित्रमणी आचार्यको शालिक अनावरण गरिदै

0

आज सहिद मित्रमणी आचार्यको ४० औं स्मृति दिवस हो । यसै दिवसका अवसरमा आचार्यको शालिक भव्य रुपमा अनावरण कार्यक्रम हुँदैछ । शहिद प्रतिष्ठान नेपाल शुक्रनगरको आयोजनामा हुन लागिरहेको कार्यक्रममा धेरैजसो अतिथिहरु आइपुगेका छन् भने कयौं आउनेक्रम जारी छ ।

२०४२ साल बैशाख १८ गते उहाँको हत्या भएको स्थल पर्साढापमा नै उक्त सालिक अनावरण हुन लागेको हो ।

अनावरण कार्यक्रममा उपस्थित हुन नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य अनिल सी, सहिद मित्रमणीको ठूलो दाई टोपराम आचार्य, कान्छो भाई दुर्गाप्रसाद आचार्य, ठुली बहिनी सुशिला आचार्य, कान्छी बहिनी सरस्वती आचार्य, उक्त घटनामा घाइते हुनुभएका गितामणी पाण्डे, मधु गुरुङ, प्रताप गुरुङ अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश सापकोटा आइपुगिसकेका छन् भने जिल्लाको सबै वामपन्थी नेताहरु उपस्थित हुने कार्यक्रम छ । कार्यक्रम आज बिहान ११ बजेबाट सुरु हुने जानकारी सहिद प्रतिष्ठान नेपाल शुक्रनगरका अध्यक्ष विजय भुजेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।