२१ बैशाख २०८२, आईतवार

विप्लवद्वारा १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना व्यक्त, समाजवादकाे पक्षमा उभिन विशेष अपिल

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै नेपाली मजदुर एवं जनतामा नेपाली विशेषताको समाजवादका पक्षमा उभिन एवं सक्रिय बन्न विशेष अपिल गरेका छन् । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसरमा एक शुभकामना सन्देशसहितकाे विज्ञप्ति जारी गर्दै महासचिव विप्लव सीले सबै नेपाली मजदुर एवं जनतामा नेपाली विशेषताको समाजवादका पक्षमा उभिन एवं सक्रिय बन्न विशेष अपिलसमेत गरेका हुन् ।
महासचिव विप्लव सीले देश तथा विदेशमा रहेका मजदुर तथा समपूर्ण न्यायप्रेमी जनसमुदाय श्रमिकवर्गको गौरवपूर्ण १३६ औं श्रमिक दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै श्रमिकवर्गको अधिकार, मुक्ति एवं वैज्ञानिक समाजवाद-साम्यवादका लागि संघर्ष गर्नेक्रममा साहदत प्राप्त गर्ने विश्वभरीका महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले मई १ अर्थात श्रमिक दिवस सबैभन्दा पछिल्लो एवं क्रान्तिकारी मजदुरवर्गले आफू र मानव समाजमा पुँजीवादद्वारा लादिएका सारा विभेद, उत्पीडन, शोषण, दमनका विरुद्ध चलाएको मुक्ति संघर्षसँग जोडिएको पर्व भएको उल्लेख गर्दै मजदुरवर्गको संघर्षकै कारण केही सफलता प्राप्त गर्दै यो अवस्थासम्म पुगेकोले यस महान पर्वप्रति गर्व एवं सम्मान गर्नुपर्ने बताएका छन् ।
महासचिव विप्लव सीले नेकपासहित समाजवादी मोर्चा, समाजवादी, देशभक्त र कम्युनिस्ट पार्टीहरुले नेपाली विशेषताको समाजवाद-वैज्ञानिक समाजवादको विकल्प पेस गरेको उल्लेख गर्दै नेपाली श्रमिक जनता विशेषतः मजदुरवर्गको साथ सहयोग नेपाली विशेषताको समाजवाद-वैज्ञानिक समाजवादलाई हुनु आवश्यक भएको बताएका छन् । उनले श्रम नै संमृद्धिको आधार भएको उल्लेख गर्दै श्रमिकवर्ग नै संमृद्धिको नेतृत्व भएको समेत बताएका छन् ।
महासचिव विप्लव सीले श्रम र शोषणबीचको संघर्षमा सारा मानव जातिलाई मुक्ति, उन्नति र प्रगतिको मार्गमा हिडाउने जिम्मेवारी श्रमिकवर्ग र यसका नेताहरुको भएको उल्लेख गर्दै नेपालमा सारा मजदुरवर्गलाई संगठित, एकताबद्ध गर्दै नेपाली विशेषताको समाजवादका पक्षमा उभ्याउनु आजको आवश्यकता भएको बताएका छन् ।
उनले यो आवश्यकतालाई श्रमिकवर्गले अवश्य बोध गर्ने र आफुहरु आजसम्म देश र जनतामाथि लादिएका सबै विभेद, उत्पीडन, दमनका विरुद्ध एवं नेपाली विशेषताको समाजवादका पक्षमा संघर्ष गरिरहेको उल्लेख गर्दै नेपाली जनताको स्वाभिमान, उन्नति र समृद्धिको एक मात्र विकल्प नेपाली विशेषताको समाजवाद हो भन्ने दृढ विश्वास भएको समेत बताएका छन् ।

शुभकामना सन्देशकाे पूरा पाठ–

देश तथा विदेशमा रहनु भएका मजदुर कमरेड तथा समपूर्ण न्यायप्रेमी जनसमुदाय श्रमिकवर्गको गौरवपूर्ण १३६औं श्रमिक दिवसको सुअवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । श्रमिकवर्गको अधिकार, मुक्ति एवं वैज्ञानिक समाजवाद-साम्यवादका लागि संघर्ष गर्नेक्रममा साहदत प्राप्त गर्ने विश्वभरीका महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।मई १ अर्थात श्रमिक दिवस सबैभन्दा पछिल्लो एवं क्रान्तिकारी मजदुरवर्गले आफू र मानव समाजमा पुँजीवादद्वारा लादिएका सारा विभेद, उत्पीडन, शोषण, दमनका विरुद्ध चलाएको मुक्ति संघर्षसँग जोडिएको पर्व हो । मजदुरवर्गको संघर्षकै कारण केही सफलता प्राप्त गर्दै हामी यो अवस्थासम्म पुगेका छौ । यस महान पर्वप्रति हामी गर्व एवं सम्मान गर्दछौं ।श्रमिकवर्ग र पुँजीवादी राज्यसत्ताका बीचमा अहिले पनि विश्वभरी संघर्ष चलिरहेका छन् । मान्छेमाथि मान्छेले थोपरेका अनेकौं शोषण, दमन समस्याहरु अझै कायमै छन् । केहीको हातमा अथाह सम्पत्ति थुप्रिने र ठूलो जनसंख्या भोकभोकै पर्ने स्थिति छ । यसको निकासका लागि संघर्ष गर्नु हरेक चेतनशीलमानवको दायित्व हो ।हाम्रो देश नेपाल यतिवेला दलाल पुँजीवादी राज्यसत्ता र साम्राज्यवादी हस्तक्षेपको उत्पीडनभित्र छ । भ्रष्टाचार, दलाली, कमसनखोरी, तस्करी, अराजकताबाट देश आक्रान्त छ । नेपाली श्रमिक जनताले अधिकारका लागि संघर्ष गरिरहेका छन् । देश चरम संकटमा छ । साम्राज्यवादी शक्तिहरु यही मौकामा नेपालमा आफ्‌ना दाह्रा नग्रा गाड्न खोजिरहेका छन् । दलालहरु मार्फत नेपालका स्रोत साधन कब्जा गर्न लागिपरेका छन् । यसको निकासबारे तीनवटा सोच र विकल्प देखिएका छन् । संसद्वादीहरुले यही व्यवस्थालाई टालटुल पारेर चलाउने धारणा राख्ने गरेका छन् । पूर्व राजावादीले देशलाई २०४७सालको सवैधानिक राजतन्त्रतिर फर्काउनु पर्ने सोच प्रस्तुत गरेका छन् । हाम्रो जप्रिय पार्टीसहित समाजवादी मोर्चा, समाजवादी, देशभक्त र कम्युनिस्ट पार्टीहरुले नेपाली विशेषताको समाजवाद-वैज्ञानिक समाजवादको विकल्प पेस गरेका छौं । नेपाली श्रमिक जनता विशेषतः मजदुरवर्गको साथसहयोग नेपाली विशेषताको समाजवाद-वैज्ञानिक समाजवादलाई छ र हुनु पर्दछ । श्रम नै संमृद्धिको आधार हो । श्रमिकवर्ग नै संमृद्धिको नेतृत्व हो । श्रम र शोषणबीचको संघर्षमा सारा मानव जातिलाई मुक्ति, उन्नति र प्रगतिको मार्गमा हिडाउने जिम्मेवारी श्रमिकवर्ग र यसका नेताहरुको हो । नेपालमा सारा मजदुरवर्गलाई संगठित, एकताबद्ध गर्दै नेपाली विशेषताको समाजवादका पक्षमा उभ्याउनु आजको आवश्यकता हो । यो आवश्यकतालाई श्रमिकवर्गले अवश्य बोध गर्ने हाम्रो जनप्रिय पार्टी आजसम्म देश र जनतामाथि लादिएका सबै विभेद, उत्पीडन, दमनका विरुद्ध एवं नेपाली विशेषताको समाजवादका पक्षमा संघर्ष गरिरहेको छ । नेपाली जनताको स्वाभिमान, उन्नति र समृद्धिको एक मात्र विकल्प नेपाली विशेषताको समाजवाद हो भन्ने हाम्रो दृढ विश्वास छ । हामी यो श्रमिकवर्गको महान पर्व मई १ को अवसरमा सबै नेपाली मजदुर एवं जनतामा नेपाली विशेषताको समाजवादका पक्षमा उभिन एवं सक्रिय बन्न विशेष अपिल गर्दछौं । नेपाली जनताको भविष्य उज्वल छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।