बिश्वका श्रमिक तथा मजदुर बर्गले गरेको बलिदानप्रति उच्च सम्मान गर्दै १३४ औं श्रमिक दिवशका अबसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं । बिश्वमा पुँजीबादी शोषण , दासताका बिरुद्घ तथा श्रमिक बर्गको स्वतन्त्रता र समानताको पक्षमा ऐतिहासिक बलिदानीपुर्ण सघर्ष हुँदै आएका छन । सन १८८६ देखि अमेरिकाको शिकागो सहरबाट मजदुरहरुले सुरु गरेको आन्दोलनमा हजारौं मजदुरहरुको बलिदान भएको थियो । श्रमजीबि बर्गले संघर्षबाट प्रात गरेको पर्बलाई सन १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न बिश्वका श्रम संगठनका प्रतिनिधिहरुको बैठकले मे १ लाई अन्तराष्ट्रिय मजदुर दिवश मनाउने निर्णय गर्यो । मे १ मजदुरहरुले बिजय प्राप्त गरेको दिन हो । श्रमजीबि बर्गको बलिदानपुर्ण सघर्षलाई नै बिजयको कसीका रुपमा मे दिवश आज पनि अजर अमर रहेको छ ।
जब उत्पीडकहरु उत्पीडितमाथि उत्पीडन गर्दछन , तब उत्पीडितहरु लड्न जरुरी ठान्दछन , दर्शनबारे सोच्नु भन्दा पहिले निकास खोज्नेतिर लाग्दछन । जब श्रमजीबि श्रमिकहरु पहिलो कदम चालेर अघि बढे तब मात्र १८६६ अगष्ट २० मा बाल्टिमोर स्थित भेला भएका ६० मजदुर संगठनहरुको उक्त भेलाले सर्वप्रथम आठ घण्टा कामको माग राखेर ( ल्बतष्यलब िीबदयगच गलष्यल ÷ नेशनल लेबर युनियन ) नामको संगठन निर्माण गरे । श्रमजीबि श्रमिकहरुको अन्तराष्ट्रिय स्तर संगठनको नेतृत्व एचबी सिल्विसले गरेका थिए । एचबी सिल्विसले प्रथम अन्तराष्ट्रिय नेताहरुसँग लगातार पत्र आदान प्रदान गर्दथे । एचबी सिल्विस प्रभाबशाली मजदुर नेता थिए । सन १८६७ को ( ल्बतष्यलब िीबदयगच गलष्यल ÷ नेशनल लेबर युनियन ) को अधिबेसनले अन्तराष्ट्रिय मजदुर आन्दोलनलाई सहयोग गर्ने निर्णय गरेको थियो ।
सन १८६९ मा लेबर युनियन ले प्रथम अन्तराष्ट्रियको निमन्त्रणालाई स्वीकार गरी जनरल काउन्सिलमा एक प्रतिनिधि पठाउने निर्णय गरेको थियो । यसैबिच मजदुर आन्दोलनका महान नेता एचबी सिल्विसको दुःखद निधन भयो । त्यस कारण शिकागोबाट प्रकाशित पत्रिका वर्किङ म्यान एडबोकेट (श्रमजीविहरुको वकिल ) भन्ने पत्रिकाका सम्पाादक एसी केरमानलाई अन्तराष्ट्रियको प्रतिनिधि चुनेर पठाईयो । एचबी सिल्विसको मृत्यु पश्चात ( नेशनल युनियन ) मा प्रतिक्रान्तिक्रारीहरुको प्रवेशसँगै परिणामत नेशनल लेबर युनियन बिघटन भयो ।
कार्लमाक्र्स नेशनल लेबर युनियन ले उठाएको आठ घण्टा कामको मागलाई समर्थन जनाएका थिए । सन १८६६ सेप्टेम्बरमा जेनेभा सम्पन्न प्रथम अन्तराष्ट्रिय काङगे्रसले भन्यो “ जबसम्म काम गर्ने समय सुनिश्चित गरेर कानुनी रुपमा बाधिदैन , तबसम्म मजदुर बर्गको खुसियाली र स्वतन्त्रताका लागि गरिने संघर्षको प्रयास निरर्थक साबित हुनेछन । त्यसैले काङग्रेस प्रस्ताब गर्दछ की आठ घण्टाको कामको दिनलाई कानुनी मान्यता दिईयोस ” सन १८६७ मा प्रकाशित कृर्ति पुँजीको प्रथम खण्डमा माक्र्सले आठ घण्टा कामको मागलाई मात्र समर्थन गरेका छैनन , काला र गोरा मजदुरहरुको बर्ग बीचको भेदलाई आलोचना गर्दै माक्र्सले काला मजदुरहरको मुक्ति जबसम्म हुदैन तबसम्म गोरा मजदुरका बीचको भेद होईन, बर्गीय एकतामा माक्र्सको जोड रहेको थियो ।
मजदुर आन्दोलन बिगतबाट पाठ सिक्दै सुब्यबस्थित र संगठीत रुपले निश्चित मागहरु सहित अगाडी बढीरहेको थियो । तर पुँजीपती बर्गले मजदुरका मागलाई सम्बोधन गरेका थिएनन । त्यस बेला अमेरिकामा माक्र्स र एङगेल्सको समाजबादी बिचारधाराको प्रचार प्रसार भएको थियो । समाजबादी चेतनाले मजदुर आन्दोलनमा उर्जा थप्यो । सन १८८६ को मजदुर आन्दोलनताका बिश्व सर्वहारा बर्गका महान नेता कार्ल माक्र्सको निधन भईसकेको थियो । जीवित एङगेल्सले दोस्रो अन्तराष्ट्रियको सन्दर्भमा गृहकार्य गरी अमेरिकाको मजदुर आन्दोलनका नेता फ्रेडरिक एडोल्फ सोर्गे मार्फत अमेरिकी मजदुर आन्दोलनबारे जानकारी लिने काम गर्दथे ।
सन १८८४ को गर्मी महिनामा फलोरेन्स केली बिसन्थेवोस्की नामकी २५बर्षीय एक अमेरिकी युवती जुरिच बिश्वबिद्यालयमा अध्ययनरत गर्दै थिईन । उनले फ्रेडरिक एङगेल्सको “ बेलाएतका मजदुर बर्गको अवस्था ” नामक पुस्तक अङग्रेजी भाषाबाट बेलाएतमा प्रकाशित गरिन ।
सन १८८६ मा सरदको लण्डनमा एङगेल्स र फलोरेन्स केली बीच भेटघाट भयो । जुन भेटघाटले कलोरेन्स केली र एङगेल्स बीच घनिष्ठता बढदै गयो । समाजबादी बिचारधारा र अमेरिकी मजदुर आन्दोलनका सन्दर्भमा निरन्तर पत्राचारको ब्यबहार हुन थाल्यो । त्यो समयमा अमेरिकामा आठ घण्टा कामको मागलाई लिएर तीन लाख पचास हजार जनता आन्दोलनरत थिए । आन्दोलन सफलताको शिखर तिर बढी रहेको थियो । शिकागोका मजदुरहरुले ज्यालाबृद्वि र आठ घण्टा कामको मागलाई मात्र लिएर मे १ , १८८६ का दिन मुलुकै ठप्प पार्ने गरी एउटा निर्णायक आन्दोलनको तयारीलाई अगाडी बढाए । प्रतिक्रियाबादी अखबारहरुले यो तयारीलाई बिभिन्न कोणबाट बदनाम गर्ने अभ्यास गरे । देशभरि मे १ का दिन ठुलो नरसंहार हुने भ्रम फैलाएर मजदुरहरुलाई त्रसाउन थालियो । केही प्रतिक्रियाबादी अखबारहरुले शिकागो सहरमा “ कम्युनिष्ट बिद्रोह ” हुने प्रचार पनि गरे ।
प्रतिक्रियाबादी अखबारहरुले हडतालीहरुलाई बमले उडाउनु पर्दछ , भन्ने बिचार समेत प्रकट गरे । मजदुरहरु भने आफ्नो निर्णयमा अडिग रहे । आन्दोलनको तयारी हुदै गयो । प्रतिक्रियाबादी अखबारहरुले “ सडकको हरेक बस्तीको खम्बालाई एउटा कम्युनिष्टको लासले सिर्गानु पर्दछ , हुलदङगालाई गोली र नेतालाई डोरी ” जस्ता शिर्षकमा समचारहरु सम्प्रेषण गरे । यस्तो धम्कीबाट मजदुर तर्सेनन ।
मे १, १८८६ को दिनबाट शिकागोका मजदुरहरुले आम हडतालको घोषणा गरे । पहिलो दिनको आन्दोलनमा ४० हजार मजदुरहरु सडकमा आए । दोस्रो दिनको आन्दोलनमा न्योर्क , बाल्टीमोर , वासिङगटन , सेटलुई आदी सहर हुदै देशैभरी फैलियो । मजदुरहरुको संख्या वढेर ८० हजार पुग्यो । मे १२ को मजदुर आन्दोलनबाट पुँजीबादी बर्गको सरकार अत्तालिन पुग्यो , जसको परिणाम मे ३ को तेस्रो दिनको एक लाख मजदुर सहभागी आन्दोलनमा सरकारले गोली चलाउने आदेश दियो । मे ३ का दिन निःशस्त्र शान्तिपुर्ण हडतालमा उत्रेका मजदुरहरुमाथि निर्ममतापुर्बक गोली बर्साइयो , जसबाट पुलिसको गोलीले पाँच जना मजदुरहरुको ज्यान लियो र ५० हजार घाईते भए ।
यो घटनाले मजदुरहरुलाई पुँजीपती बर्गको सरकार बिरुद्ध थप क्रोधित बनायो र मजदुरहरुले मे १४ का दिन सरकारको हिंस्रक र बर्बर आक्रमणका बिरुद्ध हे मार्केटमा बिशाल जनसभा भब्य रुपमा सम्पन्न हुदै गर्दा एक सरकारी दलाल भिजिलान्तेले मजदुरहरुको भिडबाट पुलिसको जत्थातिर एउटा शक्तिशाली बम फ्याँकेर भाग्यो बम बिस्फोटले एक जना सार्जेन्टको ज्यान गयो । त्यस पश्चात भडकेको पुलिस मजदुर हिंसामा सात जना पुलिस र चार जना मजदुरको ज्यान गयो । यही निहुँमा सरकार मजदुरहरुका बिरुद्धमा क्रुर दमनमा उत्रियो । सरकार बम काण्डको आरोप मजदुर नेताहरुमाथि थोपर्दै मजदुर नेताहरुलाई प्रतिक्रियाबादी अदालतमा खडा गरायो ।
अदालतले मजदुर नेताहरु , पारसन , स्पाइस , फिसर र एङगेल्सलाई फाँसीको सजाय सुनायो । चार जना मजदुर नेताहरुलाई फाँसीको र कयौं मजदुरहरुलाई काराबासको सजायले मजदुर आन्दोलनलाई सिथिल , कमजोर बनाएन जुन घटनाले मजदुर आन्दोलन बिश्वब्यापी भयो । मे १ आन्दोलनको समर्थन र मजदुर नेताहरुको हत्याको बिरुद्धमा युरोपभरी बिशाल मजदुर प्रर्दशनहरु भए ।
सन १८८९ मा मजदुर प्रतिनिधिहरुको बैठकले मे १ लाई अन्तराष्ट्रिय मजदुर दिवशका रुपमा मनाउने निर्णय ग¥यो । सन १८९० मा आठ घण्टा कामको मागलाई लिएर यूरोपभरी ठुलठुला मजदुर आन्दोलन भए । लण्डनमा भएको मजदुर आन्दोलनमा एङगेल्सले भाग लिएका थिए । चार जना मजदुरहरुलाई फाँसीका चार बर्ष पछि अमेरिकी सरकार मजदुरहरुले प्राप्त गरेको आठ घण्टा काम , आठ घण्टा आराम , आठ घण्टा मनोरन्जनका अधिकार प्राप्त र उच्च बलिदानको परिणाम थियो । एङगेल्सले मजदुरहरुको यो बिजयलाई सुरुवाती बिजय मात्र बताएका थिए ।
एङगेल्सले मजदुर बर्गको बास्तबिक हितको प्रतिनिधित्व गर्ने समाजबादी पार्टी र राज्य सत्ता माथि कब्जाको आबस्यकतामा जोड दिएका थिए । मजदुर आन्दोलनको पहिलो बिजयको ध्वजा फहराएको र महान बलिदानपुर्ण संघर्षको शखघोष गरेको शिकागो सहर अमेरिकाको उत्तरमा पर्दछ । दुई दहको किनारमा रहेको यो सहर कृषि र मासु उत्पादनका निमित्त प्रसिद्ध मानिन्छ । जुन सहरले बिश्व मजदुर आन्दोलनको इतिहासमा एउटा भुल्न नसकिने स्मृितको रुपमा परिचय दिएको छ । तर दुःखको कुरा त्यती उच्च स्मृितको रुपमा परिचय बोकेको शिकागो सहर आज मजदुर आन्दोलनका निमित्त उर्बर भुमि (जमिन ) का रुपमा गनिदैन । बर्गीय पहिचानलाई बिर्सेर केहि सुबिधामा अल्झेको मजदुर आन्दोलनको एक परिचयका रुपमा अमेरिकाको मजदुर आन्दोलन रहेको छ । केहि बिज्ञहरु यसो पनि भन्दछन ।
“ अमेरिकाको मजदुर आन्दोलनले पनि प्रतिक्रियाबादी चरित्र ग्रहण गरिसकेको छ । तर हामीलाई आसा , भरोसा र बिश्वास छ , बर्ग संघर्षको इतिहासमा सधैं यस्तो अबस्था रहनेछैन । आज पनि भयानक शोेषण र उत्पीडनको शिकार भएका अमेरिकी मजदुरहरुलाई फेरि नयाँ शिराबाट उठ्नै पर्नेछ । किन भने दुनिया स्थिर होईन , गतिशिल छ ।
मे १ , १८८६ मा अमेरिकाको शिकागो सहरमा भएको मजदुर आन्दोलन आठ घण्टा मात्र कामको माग सहित सम्बन्धित छ । भयानक बलिदानका कारण यो आन्दोलन मजदुरहरुको केहि कानुनी हक र मान्यतालाई स्थापित गराएको थियो । त्यसैले आजको मजदुर आन्दोलनमा पनि मे १ ले ठुलो ऐतिहासिक महत्व राखेको छ । बर्तमानमा अमेरिकी र नेपालको ट्रेड युनियन आन्दोलन शोषणको जातोमा पिल्सिएका छन । इतिहासको निर्मम समिक्षा गर्दै अमेरिका लगाएत बिश्वब्यापी रुपमा चलिरहेको मजदुर आन्दोलनको संकटलाई हल गर्न एकीकृत श्रमिक आन्दोलन मार्फत बर्तमानको निरन्तरतालाई क्रम भंग गर्दै बैज्ञानिक समाजबादद्धारा हल गर्ने आन्दोलनप्रति रुपान्तरण सहितको क्रान्तिक्रारी मजदुर आन्दोलनको संघर्ष नै महत्व बनेर आएको छ ।
१८ बैशाख २०८०