६ बैशाख २०८१, बिहीबार

महुली लघुवित्तमा नेकपा उदयपुरद्वारा तालाबन्दी 

0

 

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले महुली लघुवित्त वित्तीय संस्थाको कार्यालयमा लाताबन्दी गरेको छ । नेकपा सगरमाथा ब्यूरो अन्तरगत उदयपुर जिल्ला समितिले उदयपुर जिल्ला सदरमुकाममा रहेको महुली लघुवित बितिय संस्था लिमिटेडको कार्यालयमा आईतबार तालाबन्दी गरेको हो। 

 

बारम्बार सच्चिन आग्रह गर्दा बेवास्ता गरेको भन्दै नेकपा उदयपुरले तालाबन्दी गरेको जिल्ला ईन्चार्ज अमृत सीले बताए । उदयपुर जिल्लामा रहेका साहारा लघुबित, जीवन विकास लघुवित्तीय, डिप्रोस लघुबित, महुली लघुबित लगाएतका संस्थासँग छलफल गर्दा समेत अटेरी गरेपछि तालाबन्दी गर्नुपरेको उनको भनाई थियो । 

 

लघुवित्तले जनताको आवाजलाई बेवास्ता गरेर जनताको घरमा गएर किस्ता नबुझाएको भनी गाली बेजतसमेत गरेको, जनतालाई आत्महत्या गर्न बाध्य बनाएकाले विरोध स्वरुप तालाबन्दी गरिएको नेकपाले जनाएको छ । जनतामारा लघुवित्त संस्थाहरु अझै नसचिए जिल्लामा रहेका सबै लघुवित्तलाई लखेट्ने, खारेज गर्नुपर्ने, बचतकर्ताको बचत फिर्ता गर्नु पर्ने, पीडितहरूको ऋण मिनाहा गर्नुपर्ने नेकपाकाे भनाइ छ।

 

उनले सरकार र सम्बन्धित पक्षले पीडित जनताहरुको माग सम्बोधनलाई वेवास्था गरे जिल्लामा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा जनता साथमा लिएर थप कडा सङ्घर्षमा उत्रिने र जिल्लाका कुनै पनि लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई गाउँबस्तीमा पस्न नदिने नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।