१२ बैशाख २०८१, बुधबार

कम्युनिस्ट एकता: आजको आवश्यकता

0

विषय प्रवेश

एकता भनेको शक्ति हो । एकता भनेको बल हो । एकता भनेको क्रान्ति र परिवर्तनको मुख्य आधार हो । समाज परिवर्तन गर्नुछ भने एकता अपरिहार्य छ । समाजवाद ल्याउँनुछ भने आम कम्युनिस्टहरु विच एकता हुन जरुरी छ । आम जनताहरु जसले नेपालमा समाजवाद चाहन्छन् ती सबै क्रान्तिकारीहरुका विचमा एकता हुन जरुरी छ । क्रान्तिकारी भनेको केवल माओवादी मात्र हो भन्ने भ्रममा कोही पनि पर्नु हुँदैन र परिवर्तका लागि या समाजवाद प्राप्तिका लागि  आआफ्नो ठाउँमा योगदान दिने सवै जनता, किसान, मजदुर, पत्रकार, बुद्धिजीवि, युवा सबै क्रान्तिकारी हुन्छन्,उनीहरु सबैसँग हामीले एकता गर्दै जानुपर्दछ ।

यो अभियान नै हामीले सुरु गरेका छौँ जुन पार्टीले जहाँ सुरु गरेपनि त्यो सकारात्मक कुरा हो । एकताद्वारा वास्तविक बल प्राप्त हुन्छ । एकता आन्दोलनको सुरुवात पनि हो, एकता क्रान्ति , प्रगति र विकास हो । एकता विचार हो ,एकता नयाँ भविष्य पनि हो । एकता भनेको असम्भव भएका कुराहरुलाई सम्भव बनाउने एउटा साधन पनि हो । आजको यो परिवर्तन पनि जनताको एकताबाट नै पैदा भएको हो ।
कुनै वेला राजा रजौटाहरुको वारेमा चुईक्क बोले पनि जेल हालिन्थ्यो, गोलि हानिन्थ्यो, हत्या गरिन्थ्यो तर आज सडकमा आएर खुल्लम खुल्ला बोल्दा पनि हुने अधिकार वास्तविक जनताको एकता र संघर्षको बलमा प्राप्त भएको हो । एकता पुरानोको विदाई र नयाँको स्वागत पनि हो । एकता को सँग र को सँग या कुन नेतासँग भयो भन्ने कुरा ठुुलो कुरा होईन ।

ठुलो कुरा त त्यो हो छरिएर रहेका माओवादी र सबै कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउँनु त्यो ठुलो कुरा हो । नेपाल कम्युनिस्ट पार्टीले त्यसको सुरुवात गरेको छ । क.कर्णजीत बुढाथोकीको माओवादी समाजवादी र हाम्रो नेकपा बिचको जुन एकता सुरुवात भएको छ यो सकारात्मक कुरा हो ।  उता क्रान्तिकारी माओवादीले सुरु गरेको एकता पनि सकारात्मक कुरा हो । सबै माओवादीहरु एक हुन जरुरी छ । समस्या पर्दा एक हुने वातावारण आफु अनुकुल हुँदा एक्लै बसेर रमाउँने प्रवृति गलत हो । नेपालका सबै कम्युनिस्टहरु एक हुन जरुरी छ ।

यसको सुरुवात हामीले गर्नु पर्दछ हामीलाई विश्वास छ एकदिन सबै कम्युनिस्टहरु एक ढिक्का हुनेछन् ।  कि त आफु कम्युनिस्ट होइन भन्नु पर्छ कि त एक हुनुको विकल्प छैन । हामी कम्युनिस्टहरु समाजवाद ल्याउन चाहन्छौँ, नेपालमा समाजवाद चाहने जनता ६५ प्रतिशत छन् या कम्युनिस्टहरुलाई मन पराउछन् तर नेपालका कम्युनिस्ट पार्टीहरु ससाना पसल थापेर बसिरहेका छन् । यो किन भैरहेको छ ? हामी सबैले विना संकोच सोच्नुपर्ने वेला आएको छ । आफ्ना शैलीहरु फरक फरक होलान्, तवर तरिकाहरु फरक फरक होलान् तर समाजवाद र साम्यावाद ल्याउँने कुरामा एक हुनै पर्दछ । मै ठुलो भनेर व्यक्तिगत हठ र ईगो राखेर केही हुने वाला छैन ।  एकता किन गर्ने ? जनताको नयाँ भविश्यको लागि, जनताको साम्यवाद प्राप्तिको चाहना पूरा गर्नको लागि, जनतालाई समाजवादसम्म पु¥याउनको लागि एकता जरुरी  छ ।

एकताको सुरुवात हामीले गर्नुपर्छ ,हामीलाई विश्वास छ एकदिन हामी सवै माआअ‍ेवादी कम्युनिस्टहरुलाई एक ठाउँमा ल्यार्ई छोड्छाँै । कसैले पिर नगर्दा हुन्छ । यहाँ माओवादी र कम्युनिस्टको एकताको कुरा गर्दा कसैलाई निद्रा नै नलाग्ने अवस्था छ । अझ कैयौं माओवादीका नेताहरु र  कम्युनिस्ट भन्ने नेताहरुकै बिचमा निन्द्रा नलाग्ने अवस्था पनि छ । तर केही छैन हामीले एकता गरेरै छाड्नुपर्दछ । निरास कोही हुन जरुरी छैन । कम्युनिस्ट व्यवस्थामा सवैको संरक्षण र विकास हुन्छ त्यसैले सवै जनताको भलाई हुने व्यवस्था वैज्ञानिक समाजवाद हो । यो सवै कुरा प्राप्ति गर्न पनि एकता आवश्यक छ ।

माओवादी एकता जरुरी

नेपालमा माओवादी जनयुद्ध भयो । हजारौं हजार जनताहरुमा जागरण पैदा गर्यो । भारी बोक्ने जनतालाई आफ्नो अधिकार प्राप्तिको लागि बन्दुक बोक्न सिकायो । चुलो चौकोमा सिमित महिलाहरुलाई सेना बनेर लड्न सिकायो, जातीय विभेदको अन्त्य गरायो । गरिव जनतालाई अधिकारको लागि एके फोट्टी सेभेन चलाउन सिकायो । तर अज त्यसैका प्रमुख नेताहरुलाई मुद्धा हाल्ने, धम्क्याउने अवस्थामा नेपालका प्रतिक्रियावादीहरु आइसकेका छन ,हिजो अधिकार माग्दा जनतालाई गोली हानेर हत्या गराउँने राजावादीहरु फेरी जनताको सानो परिवर्तका विरुद्ध धावा वोल्न थालिसकेका छन् । यो सवै माओवादी आन्दोलनको विभाजनले पैदा गरेको समस्या हो । सवै माओवादीहरु एक हुनु पर्ने वेला भैसकेको छ ।

छरिएर रहेका सवै माओवादीहरु एक भएर अगाडि बढ्नु पर्दछ नेपालमा क्रान्ति गर्नु पर्दछ र नेपाललाई नयाँ ठाउँमा पुर्‍याउनु पर्दछ । “मेरै काखमा वसेर मेरै दुध टोक्ने”भने जस्तो माओवदीले बलिदान गरेर ल्याएको गणतन्त्रमा बस्ने र माओवादीलाई नै सत्तोसराप गर्ने खेती अहिलेका राजावादी र प्रतिक्रियावादीहरुले गरेका छन् । यो कुनैपनि माओवादी या जनतालाई सैह्य हुदैन । माओवादी कुनै व्यक्ति होइन यो विचार हो ,यहाँ माओवादी भने पछि व्याक्ति सम्झिन्छन यो हो त्यो हो भनेर भन्छन तर यो गलत वुझाई हो । माओवादी आन्दोलन हो, माओवादी समाजवाद प्राप्त गर्ने एक विचार हो,माओवादी दलाल पुजीवाद फाल्ने र वैज्ञानिक समाजवाद ल्याउने एउटा नयाँ हतियार हो ।

माओवादी या कम्युनिस्टहरु एक हुदा कोही अत्तालिनु पर्दैन कोही आतिनु या मातिनु पर्दैन त्यसैले कम्युनिस्टहरु मिल्दैछन् । हामीेले मिलाउनै पर्दछ । यो हामी कम्युनिस्टहरुको चाहना हो । माओवादी मात्र होइन हामी ६५ प्रतिशत जनचहाना वोकेका सवै कम्युनिस्टहरुलाई एक बनाएर लिनु पर्दछ । अझ गाउँगाउँमा सवै कम्युनिस्टहरुले भन्नु पर्दछ हामी कम्युनिस्टहरुको नीति छ नेपालमा समाजवाद ल्याउने जनताको ६५ प्रतिसत चाहाना पुरा गर्ने । तपाईहरु चिन्ता नगर्नु हामी एक हुदैछौ।

नेपालमा समाजवाद ल्याउदैछौं, यदि समाजवाद ल्याउनको लागि हामीले ज्यान दिनुपर्छ हामी तयार भएर आएका छौं, यदि भोकभोकै लड्नुपर्छ हामी तयार, रगत बगाउनु पर्छ हामी तयार भएर आएका छौं भनेर एकपटक गाउँमा दिदीवहिनी दाजुभाई किसान,मजदुर सवैलाई भन्नु पर्ने वेला आएको छ । निरासावादले केही हुदैन, आशावादले नै सामाजिक परिवर्तन गर्न सकिन्छ । समाजमा एकपटक कम्युनिस्टहरु एक भएर जनताको समाजवादको चाहना पूरा गर्नु पर्दछ ।

समाजवादका लागि आम एकता

नेपालको समाधान समाजवाद हो अहिले पुजीवाद र हिन्दु अतिवादले समेत एक ढिक्का भएर कम्युनिस्टहरुका विरुद्ध लागिरहेका छन् । हामी कम्युनिस्टहरु पनि एक हुन जरुरी छ । आज विश्वमा सवै पुजीवादले ईश्वर मान्दछन् । जस्तो मुस्लिमहरु अल्हा मान्दछन्, क्रिश्चियनहरु परमेश्वर यसु मान्दछन्, हिन्दुहरु भगवान मान्दछन् र लामाहरु वौद्ध मान्दछन् यिनीहरु विच धेरै ठुलठुला अन्तरविरोधहरु छन्, एक अर्काका कट्टर विरोधी छन् तर यिनीहरु सवै धर्मको सार पमेश्वर एकै हुन्छ भनि विश्वास गर्दछन् र पुजीवादी व्यवस्था लागु गर्न र पमेश्वर एक हुन्छ भन्ने कुरामा यिनीहरु बिच एकता छ र कम्युनिस्टहरुलाई आक्रमण गर्न एक ढिक्का भएर आएका छन् तर हामी कम्युनिस्टहरु एकले अर्कालाई देखि नसहने कम्तीमा  समाजवाद ल्याउने कुरामा त हामी एक हुन सक्छौं नि तर हामी कम्युनिस्टहरु यति संकिर्ण भयौँ की हामी एक अर्कासँग सामान्य वोलीचाली, भेघाट पनि गर्दैनौ ,संगै हिडेको बाटो हिड्दैनौ ,सँगै बसेको ठाउँमा बस्दैनौ । यो त सारै अति भएन र ? समाजवाद ल्याउने कुरामा हामी एक हुन सकिरहेका छैनौं । पुजीवादी धर्मका ठेकादारहरुका जति पनि हाम्रो नेताहरुमा वुद्धि भएन ।

अव हामीले सवै संकिर्णताहरु त्यागेर हाम्रा तवरतरिका जे भएपनि हामी समाजवाद चाहनेहरु एक ठाउँमा आउन जरुरी छ । हामी सवै कम्युनिस्टहरु एक भएर पुँजीवादका विरुद्ध लड्नुपर्ने भएको छ । सवै कम्युनिस्ट एक ढिक्का भयौं भने मात्र पुँजीवादी व्यवस्थालाई यो धर्तीबाटै सदाको लागि अन्त्य गर्नु पर्दछ । यसको वारेमा कम्युनिस्टहरुले वेलैमा सोच्न जरुरी छ । आज कम्युनिस्टहरुको जनमत विस्तारै विदेशीले बनाई दिएका पार्टीहरुका पछाडि लाग्ने सम्भावना देखिदैछ । जनतालाई भ्रममा पारिदैछ । जनताहरु हल्लै हल्लामा लाग्ने दुःख पाउने भईरहेको छ । कम्युनिस्टहरुले भन्नै पर्दछ हामीले विदेशीहरुले बनाई दिएका मान्छेहरुका पछाडि लाग्नु हुदैन । सडकमा मनपरी बोल्नेहरुबाट केहि हुनेवाला छैन तिनै मान्छेहको विचारले होइन ? हिजो जनतालाई अधिकार देउ भन्दा मान्छे मार्दै हिड्ने, राष्ट्रघाती एमसीसी सम्भौता हुँदा समर्थन गर्ने तिनै होइनन्, ज्ञानेन्द्र, रवि, स्वर्णीम वाग्लेहरु सारा कोही राजा बचाउँन त कोही अमेरिकन योजना लागु गर्न मरिमेटी लाग्ने तिनै होइनन् । अनि तिनीहरुका पछाडि जनताहरु लागेर हुन्छ । याद गर्नु पर्छ, बुझ्नु पर्छ , गाउँका सोझा सिदा महिला दिदीबहिनीहरुले फेसवुके भाषणको भरमा पछाडि कुद्नु हुँदैन भनेर हामीले सचेत्तापुर्वक भन्नु पर्ने वेला आएको छ । हामी कम्युनिस्टहरु एक हुनु पर्छ र यी चाटुकारहरुको वारेमा भन्नै पर्छ यी अमेरिकन योजनामा नेपाल कंगाल बनाउन आएका पात्रहरु हुन् ।

हामीले धेरै पटक धोका पाईसकेका छौं । केही चिन्ता लिनु पर्दैन हामीले यो देशका समस्याको समाधान गरि छाड्नेछौं । जनताको सुन्दर भविश्य दिने भनेकै कम्युनिस्टहरु हुन् । हामीलाई मौका दिनुहोस् हामी समाजवाद ल्याएर समस्याको समाधान गरि छाड्नेछौं भनेर भन्नु पर्दछ । यिनीनहरु को हुन्, के गर्दछन्, के खान्छन्, यिनीहरुको धन्दा के हो ?,कति चन्दा मागे ? आज मामुलि कार्यकर्ताको हरिविजोक बनाएका छन् ढाँका कुमारको स्वर हो भनेर कारवाही गर्ने तर उसले भनेको कोर मान्छेहरुलाई कारवाही नगर्ने यो के तरिका हो ? यस्ता नकचराले देश बनाउने अझ यहि व्यवस्थाको रंगरोगन गर्ने मान्छेहरुबाट केही हुनेवाला छैन बरु उम्लेको दुध भुप्प्रोमा पर्छ यति छिटै देख्यौ नि  हामीले स्वतन्त्र भन्नेहरुको हविगत । के भयो ? मान्छे कति भ्रष्ट छन् ? कति पतित् छन् । यस्ता मान्छेहरुबाट देश बन्ने कुरा त कल्पना नै गर्न सकिदैन भनेर भन्ने वेला आएको छ । यो सवै कुराको लागि पनि सवै माओवादीहरु एक हुन जरुरी छ । अझ सारा कम्युनिस्टहरु नै एक हुनुपर्दछ । हामी सवै कम्युनिस्टहरु एक भएपछि मात्र हामीले देशमा समाजवाद ल्याउन सक्छौं र समाजवादले मात्र जनताको सुदिन आउनेछ भन्ने कुरा राम्रोसँग हामीले जनतालाई बुझाउनु पर्ने बेला भएको छ ।

निष्कर्ष

एकता बल हो, एकता संघर्ष हो, एकता समाज रुपान्तरण हो, एकता क्रान्तिको आधार हो । विश्वका सवै आन्दोलन, सँघर्ष र परिवर्तनहरु एकताबाट मात्र सम्भव भएका हुन् । एकता नभए शक्ति पैदा हुदैन । शक्ति नभए संसारमा कुनैपनि परिवर्तन सम्भव छैन ।  नेपालमा हालसम्म भएका सवै परिवर्तनहरु सवै जनताको एकताको तागतवाट मात्र सम्भव भएको हो । नेपालको जनयुद्ध पनि जनता, किसान, मजदुरहरु, व्यापारी वुद्धिजिवी, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, कानुन व्यवसायी र राष्ट्रवादी जनताहरुको एकताबाट मात्र सम्भव भएको हो । यदि जनताले साथ दिदैन थे भने नेपालबाट राजतन्त्र या सामन्ती व्यास्था अहिलेसम्म पनि खारेज हुने थिएन । त्यसैले हामी सवै कम्युनिस्टहरुले वुझ्नै पर्ने कुरा के हो ?  भने हामीले हाम्रो एकता विना नेपालमा समाजवाद ल्याउने कल्पना नगरे पनि हुन्छ ।

त्यसैले हामी नेपालका सवै कम्युनिस्ट पार्टीहरु एक भएर ६५ प्रतिशत जनताको चाहना अनुसार नेपाली जनताको समाजवादमा जाने सपना पुरा गर्नुपर्छ । यदि कम्युनिस्ट पार्टी हो र समाजवाद ल्याउने चाहाना छ भने हाम्रा अरु सवै संकिर्णताहरु त्यागेर हामी कम्युनिस्टहरु जनताको समाजवादका लागि एक भएर लाग्नुको कुनै विकल्प छैन । हामी आफुलाई कम्युनिस्ट भन्छौ तर जनताको चाहाना अनुुसार हामी आफ्ना व्यवहारहरु मिलाउन सक्दैनौं भने हामी असल कम्युनिस्ट बन्न सक्दैनौं । यदी असल कम्युनिस्ट बन्न पनि सक्ने छैनौं । हामी सवै माओवादी र कम्युनिस्टहरु एक ठाउँमा आउन जरुरी छ । हाम्रा नमिलेका विषयहरु विस्तारै मिलाउदै जाउँला तर विश्वभरिबाट लोप हुन लागेको पूँजीवादी व्यवस्था, जनतालाई दमन गर्ने पुँजीवादी सत्ताको अन्त्यका  लागि हामी युवा, जनता, व्यापारी उद्योगपती, समाजसेवी, वुद्धिजीवि, कलाकार, वकिल, सुरक्षाकर्मी, राष्ट्रवादी कर्मचारी र देशमा परिवर्तन चाहाने सम्पुर्ण राष्ट्रवादी जनसमुदायहरु र कम्युनिस्टहरु एक ढिक्का हुन जरुरी छ । कोही पनि निराुस हुनु पर्दैन । हामी निरास भएपछि,हामीले हाम्रो अधिकार गुमाउछौं,अवसर गुमाउछौं, जीवन, खेत, घर र राष्ट्र गुमाउँछौ । हामी उत्साहित भएर यो दुनियाँ परिवर्तन गर्न अघि वढौं । आसावाद जगायौं भने हामीले यो देशलाई विश्वकै नमुना देश बनाउन सक्नेछौं  ।

नेपालका सवै सहिदहरुलाई र जनतालाई साँची राख्दै हामी एकपटक प्रण गरौं एक ढिक्का वनाँै हाम्रो एकता दुनियामा कसैले भाड्न सक्ने छैन । नेपालको समस्याको समाधान वैज्ञानिक समाजवाद हो । अहिलेको समस्या पँुजीवाद हो,यसको खारेज गरेर हामीले तीन करोड जनताको भबिस्यको लागि यो देशलाई संसारको आकर्षक देश वनाउने तागतराख्नु पर्दछ । त्यो तागत कम्युनिस्टसँग मात्र हुन्छ । त्यसका लागि सवै कम्युनिस्ट विच एकता चाहिन्छ । हामीसँग थुप्रै सम्भावनाहरु छन । वन, पानी, खानी, जमिन, फाँट, तराई,पहाड,हिमाल,जडिवुटी,थुप्रै सम्भावना छन् । हामीसँग नभएको एउटै कुरा हो यहाँ देशको नेतृत्व गर्ने  नेता छैन, सत्ता छैन, जनताको सरकार र सत्ता छैन सवै कम्युनिस्टहरु एक भएर व्यवस्था गर्‍यौ भने यो देशमा निकट भविश्यमै समाजवादी देश वनाउनेछौं र जनताको उज्ज्वल भविश्य निर्माण गर्नेछौं । त्यसका लागि अलगथलग भएर होइन । एकता एकता फेरि पनि एकता आवश्यक छ ।
धन्यवाद !
२०८० वैशाख १५ गते


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।