१२ श्रावण २०८१, शनिबार

शिवगढीमा निर्माणाधिन जनस्वास्थ्य भवनको लागि नयाँ कार्यसमिति चयन

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ९ शिवगढीको बानियाभारमा निर्माण भइरहेको जनस्वास्थ्य भवनको लागि नयाँ कार्यसमिति चयन भएको छ ।
आगामी दिनमा जनस्वास्थ्य भवनले पुन: निर्माण कार्य गति पुर्ण रूपमा लिने विश्वासका साथ उक्त नयाँ कार्यसमिति बनाइएको हो । निर्मार्णाधिन जनस्वास्थ्य भवनकाे नयाँ कार्यसमिति अध्यक्षमा विनोद सी लगायत ११ जनाको कार्यसमिति रहेको छ ।
जसको सचिवमा पदम सुनार, कोषाध्यक्षमा सुस्मा सी, इश्वर गिरी, रमेश चौधरी, विजय शाह, थानेश्वर अर्ताल, लगायत चार जना पछि थप्ने गरि ११ जनाको निर्माण कार्य समिति चयन गरिएको छ ।
त्यसैगरी निर्मार्णाधिन जनस्वास्थ्य भवनकाे सल्लाहकार समितिमा ५ जना हुने गरि चयन गरिएको छ । जसको सल्लाहकार संयोजकमा माल बहादुर घर्ती, यादव चन्द, विक्रम केसी, पनिराम रोका, हरी श्रेष्ठ रहेका छन् ।
विगतमा भवन निर्माणका लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद दिइएकाे छ ।
भवन निर्माणका लागि हाल सम्मको सहयोगदाताहरुमा
गणेश उपाध्याय बुटवलबाट रु.२५०००,
कल्याणकोट सामुदायिक वनबाट ५०००,
सिद्दार्थ फर्निचर उद्योग चन्द्रौटाबाट ११०००,
शिवराज नगरपालिका वडा नम्बर ९ का मलेसियामा कामको सिलसिलामा रहेका नरेन्द्र घर्तिको नेतृत्व टोलीले १५७७०,
जोर बहादुर रोका, हर्कमाया रोका हाल युकेबाट १०१५००
नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमबाट १८१५०००, गरि हालसम्म २०१८२७० देश विदेश गएका नेपालीहरुको सहयोग र शिवराज नगरपालिकाबाट १०,०००००
शिवराज नगरपालिका वडा नम्बर ९ बाट ५००००० र स्थानीय बासिन्दाको श्रमको सहयोगमा जनस्वास्थ्य निर्माण भवनको काम अब निरन्तरताको रुपमा गति लिने विश्वास लिइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।