२६ बैशाख २०८२, शुक्रबार

कलैयामा ‘भौतिकवाद, धर्म, राजनीति र पश्चिमाहरुको रणनीति’ विषयक अन्तरक्रिया हुँदै

0

 

कलैया । नेपाल कम्युनिस्ट पार्टी, बाराको आयोजनामा भोलि बैशाख २६ गते, कलैयास्थित उद्योग वाणिज्य संघ बाराको सभाहलमा ‘भौतिकवाद, धर्म, राजनीति र पश्चिमाहरुको रणनीति’ विषयमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुन लागेको छ ।

कार्यक्रममा प्रमुख कार्यपत्र प्रस्तोता अनिल सी रहने छन् । कार्यपत्रमा भौतिकवादी दर्शनको विस्तार, धर्म र राजनीतिमा त्यसको प्रभाव र पश्चिमी शक्तिहरूले नेपाललगायत दक्षिण एसियामा अपनाउँदै आएको रणनीतिको विश्लेषण प्रस्तुत गरिने आयोजकले जनाएकाे छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीका प्रतिनिधि नेताहरूको सहभागिता रहनेछ भने हिन्दु, बौद्ध र इस्लाम धर्मका धर्मगुरुहरू, जिल्लास्तरका बौद्धिक व्यक्तित्वहरू र पत्रकारहरूको पनि उपस्थिति रहने जानकारी नेपाल कम्युनिस्ट पार्टीको बारा जिल्ला इन्चार्ज जनक सीले जानकारी गराए ।

आयोजक अनुसार, कार्यक्रमको उद्देश्य नेपालमा चलिरहेको वैचारिक, धार्मिक तथा राजनीतिक संघर्षमा भौतिकवादी चिन्तन, नवउपनिवेशवादी प्रभाव र सांस्कृतिक हस्तक्षेपबारे गम्भीर बहस सिर्जना गर्नु हो ।

पार्टीले सबै बौद्धिक, धार्मिक, राजनीतिक र संचारकर्मी वर्गलाई उक्त अन्तरक्रियामा सहभागी भई विचार आदान–प्रदान गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।