१८ बैशाख २०८१, मंगलवार

नेकपा दाङको सम्मेलनबाट सेक्रेटरी प्रदिप रहेको ५५ सदस्यीय जिल्ला कमिटी निर्वाचित

0

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङको सेक्रेटरीमा प्रदिप वली निर्वाचित हुनुभएको छ ।

पार्टीको नवौं जिल्ला सम्मेलनले प्रदिपलाई सेक्रेटरीमा निर्वाचित गर्दै ५५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । जसका सदस्यहरुमा रण बहादुर, विनकलाल, विजय, प्रेम, विकास, विजय, जिवनी, सुदर्शन, अम्मर सिंह, रुद्र, भरत, खड्क बहादुर, सेबेन्द्र, धर्ती, शिव, रेखा, कमला, निर्मल, किसन, अशोका, पन्चाराम, मोति, बिष्णु, चुलुवा, छोटिलाल, दान बहादुर, महान, भिम, बल बहादुर, जनक, सुरज, यज्ञ, उज्ज्वल, सुर्य, रामप्रसाद, राजु, सुधिर, प्रतिरोध, तिलक, पूर्ण, अदिप, मालती, दिपेन्द्र, रेमन्त, पदम, मुक्ती, अरुणा, सपनशिला, मनिशा, रमिता, सुधार, रेशम र हरी निर्वाचित भएका हुन् ।

यस्तै सम्मेलनले १८ सदस्यीय जिल्ला सल्लाहकार समिति निर्वाचित गरेको छ । जसका सदस्यहरुमा सुरेश, मेघराज, मधुसूदन, भिम, मंगल, धनराज, पुष्प, मान बहादुर, दिल बहादुर, दोबाराम, सौनी, उज्ज्वल, नवराज, वंशिधर, खिम बहादुर, कमला, खिमा र रमा रहेका छन् ।
पार्टीको नवौं जिल्ला सम्मेलनले १३ सदस्यीय विशेष कमिटी समेत निर्वाचित गरेको छ।

नेकपा दाङको भदौ १९ र २० गते दुई दिनसम्म घोराहीमा चलेको सम्मेलन साेमबार नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ। सम्मेलनमा प्यानल प्रस्ताव नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले गर्नुभएको थियो भने नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना पार्टीका विशेष कमिटी सदस्य विक्रमले व्यक्त गर्नुभएको थियो ।
सम्मेलनको समापन समारोहमा नेकपा दाङका नवनिर्वाचित सेक्रेटरी प्रदिपले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।