९ मंसिर २०८१, आईतवार

जनता र राष्ट्रको पक्षमा संघर्ष गर्ने पार्टीलाई कसैले हराउन सक्दैन : प्रवक्ता प्रकाण्ड

0

काठमाडौँ: नेकपाका प्रवक्ता खडग् बहादुर विश्वकर्मा (प्रकाण्ड) ले आफ्नो पार्टीले जनता र राष्ट्रको पक्षमा संघर्ष गर्दै आएकाले कुनै पनि शक्तिले पार्टीलाई हराउन नसक्ने बताउनु भएको छ ।

नेकपा ललितपुर जिल्लाको नवौं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले जनता भन्दा शक्तिशाली दुनियाँमा कोही पनि नभएको बताउनु भयो ।
उहाँले एकीकृत जनक्रान्तिको सिद्धान्तबाट नेपालमा समाजवादी क्रान्ति पूरा हुने दाबी गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले जनताको पक्षमा क्रान्तिकारीहरु उभिने हो भने दुनियाँको कुनै पनि तागतले क्रान्तिकारीहरुलाई पराजित गर्न नसक्ने ठोकुवा गर्नु भयो ।
उहाँले संसारमा पूँजीवादी र साम्राज्यवादीहरुले जनताको क्रान्तिलाई कहि पनि रोक्न नसेकेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि आफ्नो पार्टीले लिएको जनताको मुक्तिको लाइन र क्रान्तिलाई रोक्न नसक्ने उद्घोष गर्नु भयो ।
उहाँले भन्नु भयो, “बरु पार्टीले लिएको लाइनलाई नेता कार्यकर्ताले बुझ्न सक्नु पर्छ, जनतासँगको सम्बन्ध प्रगाढ गर्नु पर्छ, पार्टीको लाइनलाई ठिक ढंगले क्रान्तिकरीहरुले समात्नु सक्नु पर्छ ।”
प्रवक्ता प्रकाण्डले पार्टीले लिने लाइनलाई बुझ्न नसक्नुले पार्टीमा कहिलेकाँही भ्रम पैदा हुने गरेको र कञ्चन सुदर्शनहरुसम्म आउँदा उनीहरु पनि त्यसको सिकार भएको बताउनु भयो ।
उहाँले पार्टी क्रान्तिकारी विचार र लाईनमा प्रतिबद्ध छ र तपाई नेताकार्यकर्ताहरु पनि पार्टीको क्रान्तिकारी विचार र लाइनमा प्रतिबद्ध हुनुहोस्, भन्नु भयो । प्रवक्ता प्रकाण्डले नवौं महाधिवेशनमा पार्टी जान लागेको भन्दै यो महाधिवेशनले विश्व क्रान्तिको लागि केही नयाँ विश्लेषण र संश्लेषण गर्ने बताउनु भयो ।
उहाँले नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वय नगरेर उल्लंघन गरेको आरोप लगाउनु भयो ।
प्रवक्ता प्रकाण्डले तीन बुँदे विपरित नेकपा महासचिव सहितका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेपछि राजनैतिक स्थितिमा फेरबदल आएको दावी गर्दै नेपालको दलाल पूँजीपति सत्ताको एउटा गिराेहले सहमति भाड्न खोजेको आरोप लगाउनु भयो ।
ललितपुर जिल्ला सम्मेलन जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।