१३ बैशाख २०८१, बिहीबार

नवौं महाधिवेशन र हाम्रो युगिन अभिभारा

0

हामी हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौं राष्ट्रिय महाधिवेशनको संघारमा उभिएका छौं । यहि असोज १—९ गते सम्मको समय तालिकामा हामी महाधिवेशनलाई सम्पन्न गर्न गैरहेका छौं । यसअघि हामीले २०७३ सालमा महाधिवेशन सम्पन्न गरेका थियौं । “ऐतिहांसिक नवौं महाधिवेशनलाई भव्य रुपले सफल पारौं! एकिकृत जनक्रान्तिको बिचारलाई नयाँ उचाईमा विकास गरौं!!”भन्ने नाराका साथ सम्पन्न हुन गैरहेको यस महाधिवेशनले नेपाली क्रान्तिलाई र विश्व श्रमजिवी वर्गलाई आफुमाथि लादिएको लुटेरा पुजीवादको जंजीरबाट मुक्त हुने हतियार प्रदान गर्दैछ । विश्वमै बदनाम र असफल बनिसकेको पुजीवादका सम्पूर्ण अवयवहरुलाई चिहानमा दफनाउने काममा र विश्वको अर्थराजनीतिक अन्तरविरोधको समाधान साम्यवादको जग बसाउने एकिकृत जनक्रान्तिलाई सफल तुल्याउने विचार र नेत्तृत्वलाई नयाँ उचाईमा उठाउन यो ऐतिहासिक महाधिवेशन सफल हुनेछ । यतिबेला विश्वको राजनीतिमा पैदा भएको ध्रुवीकरण र त्यसको नेपालमा देखिएको प्रभाव अनि हामीले सम्पन्न गर्नुपर्ने क्रान्तिको अभिभाराबिच पैदा हुने कयौ सम्भावनाहरुको समयानुकुल पहिचान र परिचालनलाई हाम्रो पार्टीले गम्भिरतापूर्वक सम्पादन गरिरहेको छ । साम्यवादतर्फ फर्किएको हावालाई रोक्न उद्धत अमेरिका—ब्रिटेन ध्रुव र त्यस ध्रुवको मतियारी गरिरहेका नेपाली अनुचरहरु हाम्रो महाधिवेशनलाई एकदमै आतंकित मनोभावबाट नियालिरहेको उनीहरुले हाम्रो पार्टी र नेतृत्व विरुद्ध जारी राखेको षड्यन्त्रबाट बुझ्न सकिन्छ । तीन बुँदे सहमति गर्दै राष्ट्रमा विद्यमान राजनीतिक समस्याहरुको समाधान शान्तिपूर्ण तवरले खोज्न हामी तयार छौं भन्दै जिम्मेवार बनेर हाम्रो पार्टी आयो । हाम्रो आगमन कुनै संसदवादी दलालहरुको क्याम्पमा फन्को मारेर सत्ताको रस्वादन गर्नलाई किमार्थ हुने कुरा थिएन । हाम्रो पार्टीले जनमतसंग्रहको विधिमार्फत ब्यवस्थाबारे फैसला लिन सकिन्छ भन्ने बिषयलाई प्रष्टसंग राख्यो । अझ हामिले नारा नै दियौं सर्बपक्षिय समिक्षा सभा—प्रगतिशिल संयुक्त सरकार—जनमतसंग्रह, हामीले राष्ट्रमा देखापरेका समस्याहरुको समाधान शान्तिपुर्ण तवरले खोज्न प्रयत्न गर्यौं । पश्चिमा स्वार्थको फोहोर चाटेर मुलुकको बर्वादीमा रमाउने धुरन्धर दलालहरुको कब्जामा परिसकेको राज्य र यसको संचालनको ठेक्का लिएका संसदवादीहरुलाई हाम्रो पार्टीको शान्तिपुर्ण प्रयत्न पचेन । आज उनिहरु तीन बुंदेलाई बेवास्ता गरेर आफ्नो सत्ता सुरक्षाको निम्ती सिंगो देशको लिलामी गरिरहेका छन् । एमसिसि राष्ट्रघात हो भनेर सिंगो देश बोल्यो, हाम्रो पार्टी सहित क्रान्तिकारी र देशभक्तहरुले एमसिसिको विरुद्ध संघर्ष गरे तर, कथित ब्याख्यात्मक टिप्पणीको नाममा संसदबाट यसलाई पास गराई छाडियो । आज एमसिसिको निर्देशनमा नेपालको कानुन परिचालित हुने स्थिीति बन्न पुगेको छ । ध्रवीकरणतर्फ अग्रसर नेपालको राजनितीमा एउटा क्रान्तिकारी र देशभक्त पार्टीको ध्रुबबिरुद्ध षड्यन्त्र हुने र उसका बिरुद्ध हमलाहरु सोझ्याउने काम देशद्रोही र दलाल पुंजिवादी शक्तिका कारिन्दाहरुले गर्ने स्वभाविक नै देखिन्छ । हाम्रो पार्टीले यसको उचित जवाफ फर्काउदैं यो देशको सुरक्षा र जनताहरुलाई समृद्ध गर्नको निम्ति एकिकृत जनक्रान्तिको बिचारलाई थप उचाईंमा उठाउने छ भने, आगामि योजनाहरु पास गर्ने छ र त्यसैको निम्ती नेपाली जनताहरुको माझमा यो महाधिवेशनको महत्व अधिक रहन पुगेको छ ।

पार्टीको दशौं केन्द्रिय समितीको बैठकमा पार्टी महासचिबले पेश गर्नु भएको पारीत दस्ताबेजमा असाध्यै मर्मकासाथ हाम्रो पार्टी र हामी सिपाहीहरुले खेल्नु पर्ने भुमिकालाई स्पष्ट गरीएको छ । र यही मर्मलाई गम्भिरतापुर्वक बोध गर्न सक्दा र महाधिबेशनमा प्रस्तुतहुने सम्पुर्ण लेखाजोखा सहितको राजनैतिक प्रतिबेदनलाई पारीत गरेर अगाडी बढ्दा नै हामीले हाम्रो लक्षलाई हांसील गर्न सक्षम हुनेछौं ।

‘‘राजनैतिक परिस्थिति, जनअपेक्षा एवं पार्टीको उद्देश्यका कारण पार्टी र नेताहरु सामु युग प्रवर्तक बन्नु पर्ने जिम्मेवारी आएको छ । यस्तो कार्यभार सरदर कामहरुद्वारा मात्र पुरा गर्न सकिदैन । यसका लागि राजनैतिक, संगठनात्मक, आर्थिक, साँस्कृतिक कार्यहरुका प्रधान पक्षहरुमा ध्यान केन्द्रीत गर्न आवश्यक छ ।’’ महासचिब द्धारा प्रस्तुत— पार्टी दशौं केन्द्रिय समितीको बैठक, पारीत दस्ताबेज उपशिर्षक—पार्टीका असाधारण कार्यभार र चुनौंति ।

दशौं केन्द्रिय समितीको दस्ताबेजमा उल्लेखीत यही उद्धरणभित्र नै हाम्रो सम्पुर्ण जिवन लुकेको छ । र, हामीले यसलाई गहीरो गरी बोध गर्न आवश्यक छ । राष्ट्रिय परिस्थीति र अन्तराष्ट्रिय परिस्थीति दुबैलाई अध्यन गर्दा र त्यसको आधारमा हामीले क्रान्तिको योजनाहरुलाई ठोस गर्न सक्दा एकिकृत जनक्रान्तिको बिजय हाम्रो हत्केलामा रहेको देख्न सकिन्छ । हाम्रो जिम्मेवारी युगिन बनेर आंउदा त्यसको मर्मलाई कुन बिन्दुमा बोध गर्ने र संभावनाहरुको सहि परिचालन कसरी सम्भव छ साथै यो महाधिवेशन किन कोशेढुंगा बन्दैछ, चर्चा गर्ने प्रयत्न रहनेछ ।

राष्ट्रिय परिस्थिति:

यतिबेला नेपालको सामाजिक सत्ता दलाल पुंजिवादको नियन्त्रणमा रहन पुगेको छ । संसदवादी दल, न्यायिक निकाय, कर्मचारी क्षेत्र, आर्थिक र उत्पादनको क्षेत्र सबै दलाल पुंजिवादको बफादार कारिन्दा बनिरहेको र कठपुतलिको रुपमा काम गरिरहेको स्थिीतिमा छन् । जनताको जिवनमा बेलगाम लुटखसोट थोपर्ने काम भएको छ । सामाजिक सुरक्षाको स्थिीति शुन्यप्राय र निराशापुर्ण रहेको छ । राष्ट्रघात चरम बन्न पुगेको छ, परनिर्भरतामा देशलाई पुर्याएर खुलेआम देशकै दलाली भईरहेको छ । नेपालको असंलग्न परराष्ट्र नितीलाई धोति लगांउंदै एमसिसि, एसपिपि जस्ता राष्ट्रघाती कदमहरुलाई अगाडी बढाईएको छ, ब्याख्यात्मक टिप्पणिको नाममा संसवादीहरुले अमेरिकन स्वार्थलाई देश बुझाउन पुगेका छन् । यतिबेला नेपालको कानुनमाथि अमेरिकन योजना हाबि छ भने नेपालको संसद अमेरिकाको अनुचर बन्न पुगेको छ । यसले नेपाललाई स्पष्ट रुपमा दलाल पुंजिवादको गोठालो बनाउदैं दलाल पुंजिवादको नाईके अमेरिका र केहि पश्चिमा राष्ट्रहरुको गठजोडमा लाने काम गरेको छ ।

यतिबेला चौतर्फी बदनाम बनेको संसदवाद र नेपाली जनताको बिचमा चर्को अन्तर्बिरोध रहेको छ । सारमा यो अन्तर्बिरोध सार्वभौम नेपाली जनता र अमेरिकन प्रभुत्व द्धारा परिचालित गोठालो सत्ता बिचमा रहको छ । जनताले यो राष्ट्रघाति र जनघाति ब्यवस्थाको बिकल्प खोजीरहेको स्पष्ट छ र यो अनिवार्य बनिसकेको प्रतित हुन्छ । गांउ- शहर सबै जगमगाउने गरी सत्ता र जनताबिच एउटा भिंषण लंडाईको चित्र बनिसकेको देखिन्छ । संसदवादीहरुले यही ब्यवस्थाको गुणगान गाएर, यसलाई कृतिम पाईजामा लगाईदिएर मालिकको बफदारीमा वकालत गरेतापनि उनिहरुको कृतिम पाईजामा धुजाधुजा भएको छ भने अब ढाकछोप असम्भव बन्न पुगेको छ । यसले यही स्पष्ट गर्छकि जनतालाई अब सुब्यवस्थिीत तवरले नेत्रित्व दिने र बेगवान आंधिको ढोका खोलिदिने हो भने बिदेशी लुटेराहरु र तिनका कारिन्दाहरुको एकै चिहान हुने निश्चित देखिन्छ ।

तथापी यंहा होस पुर्याउनुपर्ने के छ भने — दलाल पुंजिवादी कुख्यात डाकाहरु र तिनले तयार पारेका संसदवादी नेपाली चोरहरुले सत्ताको चाबि आफ्नै हातमा रहोस भनि षड्यन्त्र गरिरहेका छन् । साथै जनताको बिद्रोही मनोबिज्ञानलाई देशभक्त र क्रान्तिकारीहरुको नेत्रित्वमा नजाओस भन्ने योजना सहित पुरातनपन्थि प्रतिगमनको भावनात्मक हावा र स्वतन्त्रको नाममा घुसाउन खोजिएको निलो क्यानभासमा उतारिएका पश्चिमाहरुको विषाक्त हावा फैलाउन थालिएको छ । यो भंडुवा भ्रमपन्थलाई नंया आवरणमा अगाडी सार्न पनि प्रयत्न भईरहेको र यो अझै तिब्रतर ढङ्गले मडार्ने कोशिस हुनेछ । नेपालमा नवजेलेन्स्कीहरुको जन्म गराउन प्रयत्नहरु भईरहेका छन र यो अझ तिब्र ढंगले हुने संभावना पनि रहेको छ । यो निक्कै सोचनिय र सावधान हुनु पर्ने बिषय हो । नेपाली जनताले यस्ता संभावीत सड्यन्त्रहरुलाई समेत पहिचान गरि जनतालाई सांचो कुरा बताउंदै क्रान्तिको कामलाई अगाडी बढाउनु पर्ने छ ।

अन्तराष्ट्रिय परिस्थिति र हाम्रो युगिन जिम्मेवारी:

हाम्रो पार्टीले अन्तराष्ट्रिय परिस्थीतिको सन्धर्भमा गरेको बिश्वको बहुध्रुबियता सम्बन्धिको बिश्लेषण युक्रेन युद्धसम्म पुग्दा सैद्धान्तिक बाट व्यबहारीक रुपमै पुष्टि हुन पुगेको छ । यतिबेला बिश्व एकछत्र एकध्रुबिय मात्र नरहेर दुईध्रुबिय बन्न पुेको छ । एकातर्फ अमेरिका—ब्रिटेन र अर्को तर्फ रुस—चिन हुने गरी ध्रुबिकरण स्पष्ट बनेको छ । प्रबिधी नियन्त्रित अर्थतन्त्रको बिकास भएपनि उत्पादनका साधनहरुमा भुमण्डलिकृत पुंजिवादको एकल नियन्त्रण रहेको कारण बितरण प्रणालीमा भने कुनै बदलाब आएको छैन । बरु यो झन शोषणकारी र असमान बन्न पुगेको छ यसले गर्दा केहि औंलामा गन्न सकिने मानिषहरुको हातमा बिश्वको ९० प्रतिशत भन्दा ज्यादा सम्पति थुप्रन पुगेको छ भने धनि पुंजिपति र गरीब श्रमजिबीहरुबिच ठुलो खाडल बन्न गएको छ ।

यसैकारण बिश्वको अर्थराजनितीमा देखा परेका असन्तुलनले आफ्नो बजार, प्रभाव र प्रभुत्व कब्जा गर्ने होडमा अन्तर साम्राज्यवादी युद्ध सबैले बुझ्ने गरि सतहमा छरपस्ट हुन पुगेको छ । बिश्व भरीका जनताको श्रम शोषण गरेर जुका जस्तै ढाडीएको पुंजिवादको कारण आज बिश्वमा भयानक संकटहरु चुलिएका छन् ।श्रमिकमाथिको शोषणको त कुनै सिमा नै छैन, पर्यावरणिय सन्तुलन पनि ध्वस्त बन्दै गएको छ । पृथ्बिको अस्तित्वको निम्ति पुंजिवादले निम्त्याएको यो संकट भंयकर चुनौति बन्न गएको छ । पुंजिवादले पैदा गरेको यि संकटहरु कुनै साधरण सन्तुलित प्रयासले समाधान हुने नभएर युद्ध द्धारा मात्र समाधान हुने ईतिंहाससिद्ध र समाज बिज्ञानको अनिवार्य नियम हो । युद्ध कुन स्वरुपमा बिकास हुन्छ र आफ्नो यसले आफ्नो युद्ध केन्द्रलाई कता तर्फ बिस्तार गर्छ त्यो निकट समयमै अगाडी आउने छ । यो सबै बिश्वपुजिंवाद द्धारा पैदा भएको संकट हो । यसको समाधान पुंजिवादी अर्थराजनितीक प्रयासबाट किमार्थ संम्भव छैन । पुंजिवादले पैदा गरेको संकटको समाधान बैज्ञानिक समाजवादी अर्थप्रणालिले मात्र दिन सक्छ । र, यो नै तथ्यहरुद्धारा प्रमाणित सार्वभौम सत्य कुरा हो । साम्यवादी युग नै अबको निर्बिकल्प सच्चाई हो ।

तसर्थ आजको बिश्वको अर्थराजनितीक अन्तर्बिरोधको समाधान साम्यवादी दृष्टिकोण मात्रै हो । यतिमात्र होईन मननिय कंहा छ भने पृथ्बीको जिवन रक्षा गरेर प्राणिजगतको रक्षा हुनको निम्ति पनि साम्यवाद अनिवार्य शर्त हुन पुगेको छ । निश्चित छ कि अब साम्यवादबाट सिंगो पृथ्बि पछाडी फर्कन संभव छैन । आज आंफुलाई सर्वशक्तिमान घोषित गर्ने र सफल रहेको डंका पिट्ने बिश्वपुंजिवाद र साम्यवाद बिचको टकराव आमनेसामने भएको छ । यस्तो बेला अन्तरसाम्राज्यवादी युद्धले आफ्नो युद्ध केन्द्रलाई बिस्तार गर्ने प्रभाव हाम्रो जस्तो देशमा सिघ्र पर्नेछ । एमसिसि, एसपिपि यही प्रभावको प्रारुप हो । हामीले सही तवरले युद्धको माध्यम पैदा हुने यि र यस्ता संकटलाई साम्यवादी आन्दोलनलाई बिश्वस्तरमै उठाउने संभावनामा बदल्न सक्नुपर्छ । अन्तर साम्राज्यवादी युद्धले पैदागर्ने आगामी चुनौति र हामीले यसलाई बिश्व साम्यवादी आन्दोलनको ढोका खोल्ने तहमा परिचालन गर्नुपर्ने जिम्मेवारीलाई सुव्यवस्थिीत तरीकाले हाक्नसक्ने दायीत्वभित्र नै हामीले युग पर्वतक बन्नु पर्ने पार्टीको निर्देश लुकेको छ । पार्टी महासचिबको यो शंष्लेसणको भावलाई पकडेर हामीले हाम्रो गतिलाई प्रकाशको गतिमा बदल्न सक्नु पर्छ, यो हाम्रो युगन्तकारी भुमिका हो । हामिलाई धिमा गतिमा हाम्रा कामहरु सम्पादन गर्ने स्विकार्यता किमार्थ प्राप्त हुने छैन ।

अन्त्यमा,

बिश्व राजनितीक मंचमा देखिएका बिस्फोटक सन्धर्भहरुको नेपालमा देखिएका बिभिन्न प्रभावहरु र नेपाली जनताले सदिऔंदेखि मुक्त हुन चाहेको उत्पिडन र दासत्वको जंजिरमा सल्कीएको आगोलाई हामीले क्रान्तिमा बदल्नु छ । एकिकृत जनक्रान्ति निरन्तर सफलता उन्मुख छ । यसको बिचार, संगठन, संघर्ष मात्राबाट गुण तर्फ बिकसीत भएका छन । यही गुणले अब पुरानोलाई निषेध गरेर नंयालाई स्थापित गर्ने छ, हामिलाई यो शंष्लेसण महाधिवेशनले प्रदान गर्नेछ । राज्यको दमन र बिभीन्न सड्यन्त्रहरुलाई पराजीत गर्दै बलिदानको बाटो हिंडेर हाम्रो पार्टी र नेत्रित्व सिंगो देशलाई र बिश्व श्रमजिबी बर्गलाई नेत्रित्व दिनु पर्ने ठांउमा आईपुग्ने स्थिीति बनेको छ । दलाल सत्ताले नदिको बहावलाई बांधले थुन्ने प्रयत्न गरेको छ । नदि भरिएर पानिको छाल जस्तै जनताको असन्तुष्टि छताछुल्ल जताततै पोखिन थालेका छन् । नदीको बांध होईन बरु यो पछाडी फर्कीएर भत्कियोस भन्ने स्वार्थमा पनि एउटा पुरातन पन्थि समुह लागेको छ । अगाडीको आवरणमा भत्काउने केन्द्र एउटा लुटेरा समुहले खोजीरहेको भएपनि उसले उपयुतm केन्द्र कुन हो मेसो पाउन सकेको छैन । यस्तो स्थिीतिमा नदिले निकास खोजेको छ, हाम्रो पार्टीले कुन केन्द्रमा कुन समयमा एउटा प्वाल पारीदीयो भने नदिले दलालहरुको कृतिम बांध तोड्न सक्छ राम्रो संग बुझेको छ । र हाम्रो पार्टीले नेत्रित्व गर्दै उचित समयमा बांधमा प्वाल पारीदिने छ । यो महाधिवेशन लुटेरा दलाल पुंजिवादले तयार गरेको यही बांध तोड्ने केन्द्रको पहिचान गर्न, हाम्रो पार्टीलाई बिचार र संगठनात्मक रुपमा नंया उचाईमा उठाउन साथै सिंगो पार्टी पतिmंलाई युग पर्वतक बन्ने असाधाराण जिम्मेवारी बोध गराउन सफल हुने छ । त्यसैले नेपाली जनता र बिश्व सर्वहारा वर्गको उत्सवको रुपमा रहेको यो ऐतिहांसिक महाधिवेशन युगलाई नंया दिशा प्रदान गर्न कोशेढुङगा सावित हुंदैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।