१८ बैशाख २०८१, मंगलवार

यो चुनाव संसदवादीहरुको कलाविहीन अभिनय हो : आहुती

0

काठमाडौं: वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल आहुतीले आगामी मङ्सिर ४ गते हुने भनिएको संसदिय चुनाव र उनीहरुको तथाकथित लोकतन्त्र कलाविहीन नाटक भएको टिप्पणी गरेका छन् । संसदिय व्यवस्था भनेको एउटा निश्चित वर्गको सत्ता स्वार्थका लागि मात्रै हो, जनताका लागि यसको औचित्य नरहेको पुष्टि भएको भन्दै चुनाव खारेज/बहिष्कारको कार्यनीति लिएका तीन कम्युनिस्ट पार्टीद्वारा बिहीबार काठमाडौंको शान्तिबाटिका स्थित आयोजित भण्डाफोर सभालाई सम्बोधन गर्दै महासचिव आहुतीले यस्तो टिप्पणी गरेका हुन् ।

भन्डाफोर सभालाई सम्बोधन गर्ने क्रममा नेता आहुतीले भने, -“संसदवादीहरुले पाँच वर्ष अघि झुटो बोलेका थिए भन्ने कुरा आज सबैले देखिने गरी स्पष्ट भयो । उनीहरु फेरि झुक्याउने भन्दा अरु केहि गर्न सक्ने हैसियतमा पनि छैनन् ।
केहि मान्छेहरु युरोप अमेरिकामा पनि संसदिय व्यवस्था छ त्यसैले व्यवस्था मुख्य समस्या होइन भन्छन् तर त्यो सत्य होइन । युरोप अमेरिकाले एसिया अफ्रिका र ल्याटिन अमेरिकि देशमा उपनिवेश कायम गरेर लुटेर जम्मा गरेको धनले उनीहरु धनी भएका हुन् । यो तथ्यलाई लुकाउने गरिएको छ । संसारमा कहिपनि संसदिय व्यवस्थाले आफ्नै माटोमा उभिएर देश बनाएको इतिहास छैन । नेपालमा पनि त्यहि व्यवस्था रहेकाले देश माथी उठ्न सम्भव छैन । त्यसैले समस्या व्यक्तिमा होइन व्यवस्थामा छ ।”
नेपाल भएको अहिलेको प्रणाली दलाल उत्पादन सम्बन्धमा आधारित भएको र यसलाई बदल्नु जरुरी रहेको भन्दै महासचिव आहुतीले, -“यो व्यवस्था दलाल पुजीवादी व्यवस्था हो त्यो भनेको हाम्रो देशमा केहि पनि उत्पादन हुनै सक्तैन भन्ने कुरा प्रष्ट छ । जब उत्पादन केहि पनि नहुने हो र सबै कुरा बाहिरबाट ल्याएर खानु पर्छ भन्ने हो भने यसले रोजगारी सिर्जना कसरी हुन्छ ।हामीले पञ्चायतदेखि यस्ता चुनावहरु धेरै पटक भोगि सक्यौँ । यि चुनावहरुले हरेक पटक नयाँनयाँ रास्ट्रघाती जन्माउँछ, त्यसैले यो चुनावको भन्डाफोरको अर्थ यो व्यवस्थाकै भन्डाफोर गर्ने र जनतालाई उठाउने कुरा हो ।”

तीन पार्टीद्वारा आयोजित कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा महिला नेतृ सशिकला घिमिरेले नेपालको महिला आन्दोलन र जनवादी आन्दोलन उठाउन पहल गर्नुपर्ने कुरामा जोड गर्दै मन्तव्य राखेकी थिइन् । नेकपा उपाध्यक्ष आर बि भण्डारीले अध्यक्षता गरेको भण्डाफोर कार्यक्रममा राजेश्वरी सुवेदीले मन्तव्यद्वारा स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन नेकपा पोलिट व्युरो सदस्य तथा प्रगतिवादी श्रस्टा चिरन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।