६ जेष्ठ २०८१, आईतवार

चितवनमा उम्मेदवारको गाडी तोडफोड

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी चितवनका कार्यकर्ताहरुले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी भरतपुरमा तोडफोड गरेका छन् ।
चितवन क्षेत्र नं. २ बाट नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको हो । बा ३ च २०५० नम्बरको प्राडो कारमा नेकपाका कार्यकर्ताले आज बिहान ११ बजेतिर तोडफोड गरेको जनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी चितवनले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले राष्ट्रघाति एमसीसी पास गर्न अग्रिम पङ्तीमा रहि भूमिका खेलेको, राष्ट्रघाती नागिरता विधेयकको पक्षमा ओकालत गरेकाे , दलाल पूँजीवादको मतियार बनेको , शैक्षिक माफियाको रुपमा निरन्तर क्रियाशील हुँदै आएको , आफ्नै संसद विकाश काेषको दुरुपयाेग गर्दा पनि मुखदर्शक बनेकाे , अर्बाैं काे अवैध सम्पत्ति थुपारेकाे, जनता र आफ्नै पार्टीको व्यापक विराेधकाे बावजुत भू –माफिया तथा दलालसँग मिलि कमिसनकाे जालाे निर्माण गरेको भन्दै सांकेतिक कारवाही गरेको जनाएको छ।
श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला नेकपा चितवनका कार्यकर्ताले गाडी सिसा फुटाएर सांकेतिक कारवाही गरेका थिए । नेकपाले मंसिर ४ को संसदीय निर्वाचन खारेज गर्ने निर्णय गरेको छ भने निर्वाचन खारेजीका लागि देशव्यापी वालिङ , पोस्टरिङ , भण्डाफोर सभा , कोणसभा ,घरदैलो अभियानहरु संचालन गरिरहेको छ ।
यसैक्रममा नेपाली कांग्रेस चितवन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार उमेश श्रेष्ठ माथि MCC पास गराउन भुमिका खेलेकाेले साङ्केतिक कार्वाही।। र अन्य कारणहरु तल उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।