२५ बैशाख २०८१, मंगलवार

यो चुनाव जनताको सरोकारको विषय होइन : प्रकाण्ड

0

कास्की: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा स्थायी कमिटी सदस्य प्रकाण्ड सी ले मङ्सिर ४ गते हुने भनिएको चुनावले नेपालका श्रमजीवी र देशभक्त जनताको प्रतिनिधित्व गर्न नसक्ने बताएका र यो जनताको सरोकारको विषय नभएको बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मीलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले संसदिय चुनाव खारेजको कार्यनीति लिएपछि देशव्यापी भण्डाफोर सभाको कार्यक्रम अन्तर्गत आज कास्कीको पोखरा स्थिति पृथ्वीचोकमा आयोजित सभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।
भण्डाफोर सभामा मन्तव्य राख्ने क्रममा उनले भने,-“सरकारले घोषण गरेको चुनावको कार्यक्रम जनताको कार्यक्रम होइन, यो, जसले देश र जनताका विरुद्ध भ्रस्टाचार र रास्ट्रघात गरेका छन्, ती दलाल र जनविरोधी तत्वहरुको कार्यक्रम हो । त्यसैले यसलाई खारेज गर्नु पर्छ । आज देश गम्भीर राजनीतिक आर्थिक संकटको दिशातिर धकेलिदै छ।देशमा गरिवि, महङ्गी, बेरोजगारी, प्रतिव्यक्ति सार्वजनिक रिण डरलाग्दो ढङ्गले बढिरहेको छ । यी समस्यालाई सम्वोधन गर्न र त्यसका लागि जनताको आफ्नै पहलकदमी भएको व्यवस्था चाहिएको छ तर उनै पात्र उहि प्रवृति र उहि बेइमानीलाई दोहोर्याइदै छ, यसले मुलुकलाई कसरी अग्रगमन र प्रगतिको बाटोमा लिन सक्छ? उनले थपे-“आजका जे जती समस्याहरु देशले भोग्दैछ यसको मुख्य कारण भनेको हिजो जनयुद्ध र जन आन्दोलनको मर्म र भावना अनुसार संविधान बन्न दिइएन, जबर्जस्त संविधान लादियो, यो संविधान र व्यवस्थालाई त यो देशका जनताले अस्विकार गरेकै छन् । जनताको व्यवस्था र संविधान बन्न नसकेको कारण नै आज देश बिदेशी हस्तक्षेप र दलालहरुको षड्यन्त्रमा फसाउन खोजिदै छ।हामीले यो स्थिति लाई बदल्ने भनेका छौँ । त्यसका लागि निर्वाचन खारेज आवश्यक परेको हो ।”

कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेकपा उपाध्यक्ष आर बि भण्डारीले भने,”हाम्रा ८० लाख युवाहरुले पठाएको विप्रेषणबाट देश चलिरहेको छ, उनीहरुले रेमिटेन्स नपठाउने हो भने देश ठप्प हुन्छ ।”
विदेशहरुले दिएको फ्री भिसा, फ्री टिकटसम्म यहाका दलालहरुले आफ्ना आसेपासेहरुलाई बाडेर खाइरहेका छन् भन्दै यो बेथिति बदल्न चुनाव बहिष्कार गर्नु परेको बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालकि नेतृ धन कुमारी सुनारले भनिन्, -“यो संसदिय प्रणाली विश्वमा नै असफल व्यवस्था हो । यसले महिला ,दलित लगाएत उत्पीडित जनताको प्रतिनिधित्व गर्नै सक्तैन । पैसाको बलमा चुनाव जित्ने र जितिसकेपछि राज्य शक्तिको बलमा जनता लुट्ने यो व्यवस्थाको बिशेषता हो ।” यसलाई बदल्न अनिवार्य छ, त्यसका लागि चुनाव बहिष्कार गरौ भन्दै व्यक्ति होइन व्यवस्था बदल्न सहि हुनेमा जोड दिइन् ।

पोखराको पृथ्वीचोकमा सम्पन्न तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा कास्की / गोर्खा इन्चार्ज शिलु सी लगाएतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो भने भण्डाफोर कार्यक्रमको अध्यक्षता बैज्ञानिक समाजवादी पार्टीका नेता विनोद परियार, स्वागत मन्तव्य नेकपा नेता मनिस भट्टराई र सञ्चालन नेकपा कास्कीका सेक्रेटरी काजी सी ले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।