१४ बैशाख २०८१, शुक्रबार

संसदीय चुनाव विरुद्ध धनगढीमा भव्य रूपमा भण्डाफाेर सभा सम्पन्न

0

धनगढी: चुनाव खारेज गर्ने देशव्यापी अभियान अन्तरगत मंगलबार तीन कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा आज धनगढीमा संसदीय चुनाव विरुद्ध भव्य रूपमा भण्डाफाेर सभा सम्पन्न भएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषिराम शर्मा कट्टेल नेतृत्वको नेकपा सम्मीलित तीन कम्युनिस्ट पार्टीको संयुक्त भण्डाफाेर सभालाई सम्बाेधन गर्दै वैज्ञानिक समाजदी कम्युनिष्ट पार्टीका महासचिब विश्वभक्त दुलाल आहुतीले संसदवादी दलका नेताहरुका कारण नेपाल अमेरीकाको बन्धक बन्ने बताउनु भएको छ ।

देशव्यापी रुपमा सञ्चालन गरिएको अभियान अन्र्तगतको सातौ भण्डाफोर सभालाई सम्बोधन गर्दै महासचिब आहुतीले नेपालमा एमसीसी नामको अमेरीका आइसकेको बताउदै हजारौँ विगाह जमिन समेत नेपालमा किनी सकेको बताउनु भयो ।

नुवाकोटमा, पाल्पामा हजारौँ रोपनी जमिन किनेको बताउँदै उनले संसदवादी दलका नेताहरुका कारण नेपाल अमेरीकाको बन्धक बन्दै जाने बताउनु भयो । एमसीसीको नाममा जमिन किनेर अमेरीकाले जेसुकै गर्न सक्ने भए पनि नेपाल र नेपालीले हेर्न समेत नपाउने महासचिव आहुतीले बताउनु भयो । उनले ५ बर्ष अघि प्रत्येक नेपालीको टाउकोमा ३५ हजार बैदेशिक ऋण भएको बताउदै दलहरुका नेता तथा जन प्रतिनिधिहरुका कारण ५ बर्षमा थप ३५ हजार ऋणको भारी बोकाएर ७० हजार बैदेशिक ऋण प्रत्येक नेपालीको टाउकोमा रहेको बताउनु भयो ।

उनले संसदबादी दलका नेताहरुले हरेक निर्बाचनमा झुटको खेती गर्दै आएको बताउदै जन्ताको लागी सिन्को समेत भाँच्न नसकेको बताए । उनले कुनै पनि देशमा पुजीबाद र कम्युनिष्टहरु एउटै भएर जान नसकेको बताउदै नेपालमा सत्ताकै लागी गठबन्धन गरेर निर्बाचनमा गएको बताउनु भयो । उनले राष्ट्रघात भ्रष्टाचार र महङ्गी बढ्दै गएको बताउदै संसदीय व्यवस्थामा जन्ताले सुख नपाउने बताए । उनले फेरी मतदान गरेर पाँच बर्ष दुख पाउनु भन्दा ब्याबश्था फेर्न बैज्ञानिक समाजबादी व्यवस्था ल्याउने आन्दोलनमा सहभागी अभियानमा लाग्न अनुरोध गर्नु भयो ।

त्यसैगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीैका स्थायी कमीटी सदस्य विषम सिले दलाल संसदिय व्यवस्थालाई नढालेसम्म जन्ताले सुख नपाउने बताउदै ब्याक्ति नभई व्यवस्था बदल्न आवश्यक भएको बताउनु भयो । उनले सडेगलेको पुरानो संसारबाट सकिएको संसदीय व्यवस्थालाई लेपन लगाएर नेपालमा लामो समयदेखी प्रयोग हुदै आएको बताउदै यस्को विकल्पमा बैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु पर्ने बताउनु भयो ।

उनले संसदीय व्यवस्थामा राष्ट्र रजनताको हित नहुने बताउदै राज्यको प्राकृतिक साधनको दोहन मात्र गरिने बताउनु भयो । उनले पुजीवाद नाङ्गो व्यवस्थामा भएको बताउदै विभिन्न बहानामा जनताका सपनाहरु बेच्दे गएको बताउनु भयो । उनले निर्बाचन जीत्नकै लागी र नेपाली जन्तालाई लुटनकै लागी नेताहरुले एमसीसी जस्तो राष्ट्रघाती सन्धीमा हस्ताक्षेर गरेर आएको पैसाले स्थानीय निर्बाचन जीतेको बताउदै फेरी मङ्सिर ४ गते हुने भनिएको प्रदेश र संसदिय निर्वाचन पनि त्यही पैसा खर्च गरेर जीत्ने दाउमा रहेकाले निर्बाचन खारेज गर्नु पर्ने बताउनु भयो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय संगठन प्रमुख कृष्ण भट्टले कांग्रेस एमाले र माओबादी नामका तीनवटा भोटे कुकुरले जन्तालाई लुछ्ने काम गरिरहेको बताए । उनले कांग्रेस नामको कालो कुकुर, माओबादी नामको । रातो कुकुर र एमाले नामको सेतो कुकुरले निबार्चनको नाममा लुटन सम्म लुटेको बताउदै निर्बाचन खारेज अभियान सफल पार्न सबैले लाग्नु पर्ने बताए । त्यसैगरी नेकपाका पोलीटयुरो सदस्य बन्धु चन्दले निर्बाचन पुजीबादको कारिन्दा भएको बताउदै निर्बाचनमा मत खरिद विक्रि हुने भएकाले त्यो वास्तविक जनताको हितमा नहुने बताउनु भयो ।

उनले निर्बाचनमा मतदान गरेर अब आफ्नो खुट्टामा आफै बन्चरो हान्नेकाम बन्खद गर्नु पर्ने बताउदै भागीरती भट्ट र कमला पन्तलाई न्यायउ दिन नसक्ने संसदबादका जनप्रतिनिधिहरु दलालीमा लिप्त भएको बताउनु भयो । उनले गोविन्द गौतम र जयसिंह धामीको हत्या हुँदा समेत बोल्न नसक्ने दलाल नेताहरुको रबैयाले यो कुराको पुष्टि गरेको बताउनु भयो ।

नेकपाका केन्द्रिय सदस्य डबल शाहको अध्यक्षतामा सम्पन्न भण्डाफोर सभामा बैज्ञानिक समाजबादीका केद्र्रिय सचिबालय सदस्य श्याम कुवरले स्वागत गरेका थिए भने सामना साँस्कृतीक परिवारको केन्द्रिय टोलीले जनवादी गीत संगित मार्फत संसदिए व्यवस्थाको भण्डाफोर गरेको थियो । धनगढीको ट्राफिक चौराहा देखि सुरु भएको जलुस पार्कमोड पुगेर सभामा परिणत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।