१८ बैशाख २०८१, मंगलवार

नेकपाद्वारा पार्टी विरुद्ध सुनियोजित ढंगले चलाएका भ्रमपूर्ण कुरामा विश्वास नगर्न आग्रह

0

काठमाडौं: आसन्न संघ र प्रदेश सभाको निर्वाचन खारेजीको लागि शान्तिपूर्ण ढंगले विभिन्न सभा र जुलुस प्रदर्शन गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय विभिन्न विस्फोटक घटनामा पार्टीको नाम जोडेकोमा आपत्ति जनाउदै पार्टीबिरुद्ध सुनियोजित ढंगले चलाएका यस्ता भ्रमपूर्ण कुरामा विश्वास नगर्न र सचेत हुन आम जनतालाई आग्रह गरेको छ ।

उक्त पार्टीले शुक्रबार काठमडौँको हाँडीगाउँ, बूढानीलकण्ठ र ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको शङ्कास्पद वस्तु नेकपाले राखेको समाचार भ्रमपूर्ण भएको बताएको छ । सो पार्टीले निर्वाचन खारेज अभियान नितान्त शान्तिपूर्ण र जनपरिचालित कार्यक्रम रहेको भन्दै जनतालाई आतंकित गर्ने कार्य पार्टीको नभएको ठोकुवा गर्दै नेकपालाई बद्नाम गर्न र नेकपाको आडमा आफ्नो स्वार्थसिद्ध गर्न तम्सिएका दलाल र सम्राज्यवादीका मतियारले यस्तो घटना घटाएको हुन सक्ने दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।