७ बैशाख २०८१, शुक्रबार

महासचिव ललित विश्वकर्मालाई तुरुन्त रिहाई गर्न अखिल (क्रान्तिकारी) को माग

0

काठमाडाैँ: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठनका महासचिव ललित विश्वकर्मालाई शुक्रबार बेलुका ९ बजे किर्तिपुरबाट अपहरण शैलीमा गिरफ्तार गरिएको घटनाप्रति घोर भत्सर्ना गर्दै अबिलम्ब रिहाईको माग गरेको छ ।
शनिबार अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीद्वारा हस्ताक्षेरित विज्ञप्तीमार्फत यस्तो माग गरिएको हो ।

अध्यक्ष प्रकाश शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,- हाम्रो संगठनका महासचिव कमरेड ललित बिश्वकर्मालाई हिजो राति ९ बजे किर्तिपुरवाट देउवा सरकारको गृह प्रशासनले अपहरण शैलीमा गिरफ्तार गरि कालिमाटी हिरासतमा राखिएको छ।राजनीतिक रुपले आफ्ना विचारहरु राखिरहेको र जनतालाई सुसज्जित गरिरहेको पार्टी , संगठन र यसका नेता कार्यकर्तालाई दलाल सरकारले गरिरहेको यसप्रकारको दमनको घोर निन्दा एबम भत्सर्ना गर्दछौ।साथै गिरफ्तार गरिनु भएका महासचिव कमरेडको रिहाईको जोडदार माग गर्दछौ।
मङ्सिर ४ गते हुन लागेको संसदिय निर्वाचन जनताका लागि औचित्यहिन हुने भन्दै नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मीलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीले चुनाव विरुद्ध भण्डाफोर सहित जनपरिचालन गर्न थालेपछि सरकारले देशै भरि नेकपाका नेता कार्यकर्ताहरुलाई निगरानीमा राख्ने , पक्राउ गर्ने र धरपकड गर्ने कार्य समेत गरिरहेको छ।शान्तीपुर्ण रुपमा भैरहेका राजनीतिक गतिविधि प्रति राज्यले दमन गर्नु वर्तमान संविधान र लोकतन्त्रकै उपहास समेत भएको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताहरुले समेत यसप्रति आपत्ति प्रकट गर्दै आएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।