१८ बैशाख २०८१, मंगलवार

दलाल र साम्राज्यवादीको षड्यन्त्रले राष्ट्रपतिद्वारा अध्यादेश रोकिनु गलत : विश्वास

0

बुटवल: नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकार बिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानुनी बाटो खोल्न मुलुकी फौजदारी संहिता (पहिलो संशाेधन) अध्यादेश २०७९ सरकारले राष्ट्रपति समक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्द्वको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

संघर्षको कार्य्रक्रम अन्तरगत शुक्रबार रुपन्देहीको मायादेवि गाउँपालिकाको धमौलिमा विरोध प्रदर्शन गरिएको छ। उक्त कार्यक्रममा नेकपा रुपन्देही सेक्रेटरी विश्वासले दलाल र साम्राज्यवादीको षड्यन्त्रले अध्यादेश रोकिएको बताएका छन् । भ्रष्ट दलाल व्यवस्थाको विरोध गरेकै कारण विगतमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको र नेता कार्यकर्ताहरुलाई गिरफ्तारी गरि झुट्टा मुद्दा लगाएको भन्दै उनले तीन बुँदे सम्झौता कार्यान्वयन गर्ने गरी ल्याइएको अध्यादेश रोक्नु गलत भएको जिकिर गरे । कार्यक्रममा नेकपाका नेता नवीन, युवा संगठनका जिल्ला अध्यक्ष भक्त, अविराम लगायतले बोल्दै हरेक षड्यन्त्रका विरुद्ध संघर्ष गर्ने बताएका छन् । 

पार्टी केन्द्रले घोषणा गरेको पाँच दिने संघर्षका कार्यक्रम अनुसार पौष २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य मुख्य शहरहरुमा अन्तर्किया, पौष ४ गते बेलुका मशाल जुलुस र ५ गते बिहान १०- ११ बजेसम्म १ घण्टा चक्काजामको कार्यक्रम रहेको सेक्रेटरी विश्वाशले बताए ।

यसैबिच मायादेवीको धमौलीमा युवाहरुको एक भेलाले रामबचन यादवको नेतृत्वमा १८ सदस्यीय युवा संगठन समिति गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।