१८ बैशाख २०८१, मंगलवार

तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै अखिल (क्रान्तिकारी) द्वारा विरोध प्रदर्शन

0

नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै विरोध प्रदर्शन भएको छ । सरकार र नेकपा बिच भएको ३ बुँदे सहमति कार्यान्वयनमा षड्यन्त्र भैरहेको भन्दै त्यस विरुद्ध अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा शनिबार काठमाडौं रत्न राज्लक्ष्मी क्याम्पस अगाडि उक्त विरोध प्रदर्शन तथा कोणसभा गरिएको हो ।

कोणसभालाई सम्बाेधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा उपत्यका विशेष क्षेत्र इन्चार्ज अटल शर्माले वार्ता भएको यतिका समय बितिसक्दा पनि नेकपासँग भएको ३ बुँदे सहमति लागू नगर्ने तर अहिले सरकारले सहमति कार्यान्वयन गर्न ल्याएको अध्यादेश पनि षडयन्त्रपूर्वक फिर्ता गराई नेकपासँगको सहमतिलाई धोका दिएको र देशलाई अशान्तितर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् । विगतमा राष्ट्रघात गरेका व्यक्तिहरूले नै अहिले यो अध्यादेशको विरुद्धमा बोलेको उनको भनाइ थियो । गगन थापा लगायतले अध्यादेशको विरुद्धमा बोलिरहेकाहरु देशमा शान्ति नचाहने प्रष्ट भएको र त्यस्ता शान्ति विरोधी तत्वहरुलाई जनताले हिसाब गर्ने शर्माले बताए ।
उनलेे अध्यादेश प्रसंगलाई नेकपा,आलम र सीके राउत लाई एउटै टोकरीमा हाल्न नहुने बताउँदै पढिरहेका हाम्रा पार्टीका व्यक्तिलाई आँखामा कालो पट्टी बाँधेर बम बोकेको मुद्दा हाल्ने र इट्टा भट्टामा ज्यूँदै मान्छेलाई जलाउने अव्ताप आलमलाई छुटाउने गरिने जस्ता मूर्खता नगर्न सरकारलाई आग्रह पनि गरे ।

नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार बिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानुनी बाटो खोल्नका लागि वर्तमान देउवा सरकारले अध्यादेश ल्याएर राष्ट्रपति समक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्दको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।