१८ बैशाख २०८१, मंगलवार

राजनीतिक सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोकेको भन्दै कास्कीमा विरोध कार्यक्रम 

0

कास्की:  नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन वली सरकारबीच भएको ३ बुँदे राजनीतिक सहमति कार्यान्वयन गर्न देउवा नेतृत्वको गठबन्धन सरकारद्वारा ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी नगरेपछि चरणबद्ध आन्दोलनको घोषणा गरेको नेकपाले कास्कीमा विरोध प्रदर्शन र कोणसभा सम्पन्न गरेको छ ।
पार्टी केन्द्रको पूर्व निर्धारित कार्यक्रम अनुसार नै कास्की पार्टी संघर्षमा उत्रेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य प्रकश सी ले बताए । पोखराको सृजनाचोकमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन युवराज सी ले गरेका थिए भने विरोध कार्यक्रमलाई केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी काजी सी ले सम्बोधन गरेका थिए । जिल्ला नेताहरु परिवर्तन, कर्ण सी लगाएत जवसका नेताहरुको समेत कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला सचिवालय सदस्य कुमार सी ले पनि मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।