१८ बैशाख २०८१, मंगलवार

धनगढीमा सरकार र रास्ट्र बैंक विरुद्ध व्यावसायीद्वारा नाराबाजी

0

९ फागुन, धनगढी /धनगढी चौराहदेखि पार्कमोडसम्म निकालिएको विरोध र्‍यालीमा सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध व्यवसायीले नाराबाजी गरेका छन ।

बैँक तथा वित्तीय संस्थाहरुले लिएको चर्को व्याजदर घटाउन माग गर्दै उद्योग वाणिज्य संघ कैलालीको अगुवाइमा भएको प्रदर्शनमा व्यवसायीहरुले नाराबाजी गरेका हुन ।

बैंकको ब्याजदर ऋणमा ९ प्रतिशत भन्दा माथि हुन नहुने, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नीतिमा सुधार गर्नुपर्ने,
एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुको आन्तरिक खर्च कटौती गरी स्पे्रड दर ३ प्रतिशत कायम गर्नुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिनुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म राख्नुपर्ने जस्ता माग गरेका छन् ।

प्रदर्शनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ लगायतका संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।