१४ बैशाख २०८१, शुक्रबार

पत्रकार महासंघको सदस्यता शुद्धिकरणका पक्षमा जनपत्रकार

0

काठमाडौ / प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता , मानवअधिकारको रक्षा र समाजको सचेत अगुवा कर्मिको भुमिका निर्वाह गर्दै आएको नेपालको पत्रकारिता आन्दोलन र यसको प्रमुख संस्था नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका लागि जनपत्रकार संगठन नेपालले दबाब अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।चितवनको माडीमा सम्पन्न संगठनको तेस्रो पुर्ण बैठकले नेपालको पत्रकारिता क्षेत्रमा पछिल्लो समयमा बिकृति बढ्दै गएको र महासंघको सदस्यता शुद्धीकरण आवश्यक रहेको आवाज उठिरहेको बेला मर्यादित पत्रकारिताका लागि यस्तो निर्णय गरेको हो।

देशको राजनीतिक आन्दोलन जत्तिकै पुरानो इतिहास भएको पत्रकारिता क्षेत्रमा देखिएका तीव्र राजनीतिक हस्ताक्षेप,आर्थिक लेनदेन ,पत्रकरहरुको दलियकरण र नेपाल पत्रकार महासंघ भित्र पत्रकारिता गरिरहेका वास्तविक पत्रकारले सदस्यता नपाउने तर गैर पत्रकारहरूले महासंघको सदस्यता लिने क्रियाकलापले समग्र पत्रकारिता क्षेत्र अबिश्वसनिय बन्दै गएको भन्दै मर्यादित पत्रकारिता र महासंघको सदस्यता शुद्धीकरण आवश्यक रहेको निष्कर्ष सहित जनपत्रकार संगठन नेपालले दवाव अभियान सञ्चालन गर्ने बताएको छ।

अभियानमाको क्रममा नेपाल पत्रकार महासंघका स्थानीय , प्रदेश र केन्द्रिय तहलाई सदस्यता शुद्धीकरण र मर्यादित पत्रकारिताका पक्षमा काम गर्न ध्यानाकर्षण गर्ने, सरोकारवालाहरु सङ्ग अन्तर्कृया गर्ने र समस्यालाई सम्बोधन गर्न दवावमुलक अन्य कामहरु गर्ने भएको छ।

त्यस्तै बैठकले श्रमजीवी पत्रकारहरूको पेशागत र भौतिक सुरक्षाका लागि ठोस योजना बनाई काम गर्ने, समानुपातिक विज्ञापन प्रणालीको कार्यान्वयनका लागि पहल लिने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने उद्देश्यले सरकारले ल्याएका कानुनहरु विरुद्धका आन्दोलनहरुमा सहकार्य गर्ने,नेपालमा सञ्चार माध्यममा भैरहेको वैदेशिक लगानी र यसले मुलुकको सार्वभौमसत्ता विरुद्ध नकारात्मक असर पारेकोप्रति दवाबपुर्ण आन्दोलन गर्ने निर्णय गरेको छ।

फाल्गुन ७ र ८ गते संगठनका अध्यक्ष शेरबहादुर बिश्वकर्माको अध्यक्षतामा भएको तेस्रो पुर्ण बैठकमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार बिभाग इन्चार्ज अनिल शर्मा बिरहीको प्रमुख आतिथ्यता रहेको थियो भने पोलिटव्युरो सदस्य सन्देश र संगठनका सल्लाहकार अध्यक्ष राजेन्द्र चिमौरियाको समेत सहभागिता रहेको जानकारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।