९ मंसिर २०८१, आईतवार

अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न

0

काठमाडौ / अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिद्वारा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।इकाई कमिटीको आयोजनामा भएको रक्तदानमा १ सय २० जना छात्राहरुले रक्तदान गरेका छन।

बिहिवार सम्पन्न रक्तदान कार्यक्रमलाई उद्घाटन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले आफ्नो संगठनले जनताको जीवन रक्षाको निम्ति सधैं लागिपरेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रकाश सीले रगत अभावका कारण कोही पनि अकालमा ज्यान गुमाउन नपरोस् ,हाम्रो रगतले मान्छेले नयाँ जीवन पावस भनेर कार्यक्रमको आयोजना गरेको बताए । अध्यक्ष प्रकाशले आफ्नो संगठन क्याम्पस ,कलेजहरुमा यस्तै रचनात्मक कार्यक्रमहरु गर्दै सबै विद्यार्थी हरुलाई गोलबन्द गर्दै आएको जानकारी दिए।

अर्को एक प्रसंगमा अध्यक्ष प्रकाशले चैत्र ५ गते स्ववियु निर्वाचन हुने भएकाले सबै विद्यार्थीहरुले अखिल क्रान्तिकारी लाई मतदान गर्न अपिल गरे।अखिल क्रान्तिकारीले जिते मात्र विद्यार्थीका एजेन्डा ,मुद्दा हल हुने र क्याम्पसहरुमा प्राज्ञिक वातावरण बन्ने उनको भनाइ थियो ।क्याम्पस/ कलेजहरुलाई नमुना बनाउने आफुहरु संग योजना र प्रस्ट खाका रहेको उनले बताए ।

रक्तदान कार्यक्रमकोसहजीकरणअखिल(क्रान्तिकारी)पद्मकन्या क्याम्पस इकाई कमिटी अध्यक्ष प्रजिना सीले गरेकि थिईन भने कार्यक्रममा संगठनका उपाध्यक्ष ,सचिवालय सदस्य ,केन्द्रीय सदस्य ,जिल्ला समितिका पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।