
अछाम / जिल्लाको साफेबगर नगरपालिकाका स्थानीय महिलाहरुले बैंक तथा लघुबित्त संस्थाहरु विरुद्ध संघर्ष समिति गठन गरेका छन। बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर ,सेवाशुल्क लगाएतका क्रियाकलापद्वारा आर्थिक शोषण गरेको भन्दै त्यस विरुद्ध सचेतना पैदा गर्न र सम्बन्धित निकाय विरुद्ध दवाव सिर्जना गर्न संघर्ष समिति गठन गरिएको हो।
शनिबार साफेबगर नगरपालिकाको सभाहलमा आयोजित स्थानीयहरुको भेलाले राधा नेपालीको संयोजकत्वमा २१ सदस्यीय संयोजन समिति गठन गरेको छ भने निभा शाहाको नेतृत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको निरक शाहीले जनपत्रीका डटकमलाई जानकारी दिएका छन।
साफेबगर नगरपालिका भित्र रहेका एन यम वी बित्तीय संस्था, एन आई सी एशिया , छिमेकी लघुबित्त, निर्धन लघुबित्त र किसान माईक्रो फाईनान्स लगाएत दर्जन बढी संस्थाहरुले ऋण परिचालन गरिरहेका छन भने रिणको व्याज र किस्ता तिर्न नसकेर हजारौं स्थानीय किसान र महिलाहरु शोषणको मारमा परिरहेका छन।