पञ्जाव प्रावतलाई भारत कै अन्नको भण्डार
मानिन्छ। औद्योगिक दुष्टिले पनि पञ्जाव अग्रस्थानमा छ। 1980/90को दशकमा उत्कर्षमा पुगेर ठुलो धनजनको क्षति र तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यासमेत झेलेर समाप्त भएको` खालिस्तान विद्रोह’ फेरि-चर्चाको शिखरमा पुगेको छ । सो विद्रोहले छिमेकी देशहरुलाई पनि प्रभावित पार्न खोजेको छ । सञ्चारमा यो विषय` हट केक’ बन्न पुगेको छ ।
पृष्ठभुमि
पन्जाव प्रान्त १९४७ मा भारत-पाकिस्तान दुई देशमा विभाजित छ । गुरु अर्जुन देव र गुरु तेगबहादुर ठूला वीर योद्धा थिए । जसलाई मुगल सम्राटले हत्या गरेको थिए । सहिद बन्दा सिंहले सिख शासनको स्थापना गरेका थिए। राजा रणजित सिंहले सिख साम्राज्य निर्माण गरेका थिए । यिनै राजाले अंग्रेजको विरुद्ध नेपालका राजासँग सहयोगको प्रस्ताव पठाएका थिए। पन्जावका राजा भरतको नामबाट भरत वर्ष (कालान्तरमा भारत वर्ष वा भरत राजाको भूमि) बन्न गएको हो ।
१९८०-९० को दशकमा उत्कर्षमा पुगेको पञ्जावको स्वतन्त्रता आन्दोलन (खालिस्तान विद्रोह १९९५ मा पूग्दा ‘अप्रेशन ब्लू स्टार ‘पश्चात समाप्त भएको थियो । १९९५ मा खालिस्तान विद्रोहका नेता जरनेल सिंह भिण्डरवाले मारिएपछि सो विद्रोह मत्थर भएको थियो ।
इन्दिरा गान्धीको हत्या
खालिस्तान विद्रोह भैरहेको बेला भारतकी प्रम गान्धीले
‘ बज्जावी सुबे मेरा लास पर बनेगा´ धम्कीपूर्ण स्वरमा भनेकी थिइन । विद्रोह सुरु हुनासाथ हजारौ निर्दोष नागरिक मारिए। पञ्जावबाट दिल्ली आउने रेल र अन्य सवारी साधनमा कडा निगरानी गरिन्थ्यो । पजावी मूलका सबैलाई सवारी साधनबाट झारिन्थ्यो र अपमानित गरिन्थ्यो। त्यसबाट सम्पूर्ण पञ्जाव भारत सरकारको विरुद्ध उत्रियो । तर सरकारले अपरेशन ब्लू स्टार चलाएर दमन गर्यो। त्यसको कारण सिखहरुमा बदलाभाव पैदा भयो। सुरक्षा खतरा बढेको भन्दै प्रधानमन्त्रीको सुरक्षा घेराबाट सिख मूलका जवान हटाइयो। तर पंजावी जनतामा गान्धीप्रति नकारात्मक धारणा प्रवाह हुने ठानेर प्रम कै निर्देशनमा सिखहरू सुरक्षामा पुनरबहाली गरियो ।
३१ अक्टोबर १९८४ मा सफदगन्ज सडक स्थित प्रम निवासमा विहान ९:३० वजे आफ्नै सुरक्षा अङ्गरक्षकले गान्धीमाथि गोली प्रहार गरे। गोली हान्ने व्यक्तिहरू अङ्गरक्षकहरू बे अन्त सिंह र सतवन्त सिंह थिए। खालिस्तान माथिको दमन प्रमको हत्यासम्म पुग्यो ।
खालिस्तान देश घोषणा
खालिस्तान (खाब से की सरजमिन) अर्थात् खालसे भुमि अलग देश हुनुपर्ने सिखहरूको माग अंग्रेज शासन मै उठेको थियो।
खालिस्तान भूमि पञ्जाव ( पाकिस्तान नियन्त्रीत समेत) चण्डीगढ हरियणा , हिमाञ्चल प्रदेश, दिल्ली , राजस्थान, उत्तरप्रदेश र उत्तरखण्डका केहि भुभागका क्षेत्रहरु मिलेर बनेको छ।
२९ अप्रिल १९८६ मा खालिस्तान स्वतन्त्र भएको घोषणा गरिएको थियो । १९४० मा नै खालिस्तान देशको माग गरिएको थियो । १० वर्षमा भारत सरकारले चारवय सैन्य अपरेशन चलायो ।
पछिल्लो घटना के हो ?
खालिस्तानको शान्तिपूर्ण आवाज बढ्दै गएको विश्लेषण भइरहेको बेला गत हप्ता लन्डनमा रहेको भारतीय उच्चायोगको कार्यालयबाट खालिस्तानीहरूले भारतको झण्डा हटाए । ब्रिटेन, क्यानाडा, अन्ट्रेलिया, इटाली, अमेरिकामा खालिस्तानीहरूले भारतको विरोध र खालिस्तानको पक्षमा प्रदर्शन गर्दै आएका छन ।
भारत र रूसको बिचमा बढ्दो व्यापार र रूस- युक्रेनविचको द्वन्दमा भारत तठस्त बसिरहेको समयमा यी घटना भएका छन्। भारत सरकारले बेलायत, अमेरिका र पाकिस्तान सबैतिर आरोप लगाउन खोजेको छनक भारतीय सञ्चार माध्यमले दिएका छन् । विविसी-मोदी विवाद,लण्डन प्रहरीको बेवास्ता र भारत- बेलायत ‘स्वतन्त्र व्यापा सम्झौता’ वार्ता´ यी सबैलाई समग्रमा हेरेर अनेक अनुमान गरिएका छन्। तर खालिस्तानको पक्षमा जनमत रहेको कुरामा विवाद छैन ।किनकी खालिस्तान समर्थक संगहरुबाट उपचुनावमा विजय हासिल गरेका छन्।
खालिस्तान विद्रोहीले” वारिस पन्जाव दे” नामको सङ्गठन बनाएका छन। पन्जावी भाषाका चलचित्रका नायक तथा अभियन्ता दीप सिन्धु त्यसका नेता थिए। गत वर्ष बाहन दुर्घटनामा उनको मृत्यु भएपछि अमृतपाल सिंह सो दलका नेता भएका थिए।
सिंह पन्जाव इन्जिनियरिङ्ग विश्वविद्यालयबाट स्नाकोत्तर भएका मेकानिकल इन्जिनियर हुन् । भारतको गत वर्षको किसान आन्दोलनमा सिन्धु र सिंह अहोरात्र खटेका थिए। सिंह लागू औषध विरुद्धको नागरिक अभियानका लोकप्रीय अभियन्ता पनि हुन ।
सिखहरुको पवित्र ग्रन्थ ‘गुरुग्रन्थ साहिब’ हो । गुरु नानकको जन्मस्थल नानकाना साहिब’ हाल पाकिस्तानमा पर्छ। भारतमा चण्डीगढ़, अमृतसरको स्वर्ण मन्दिर पवित्र स्थल हो । नेपालमा काठमाण्डौ मैवीस्थित गुरु नानक मठ सिख सम्प्रदायको पवित्र स्थल मानिन्छ ।
खालिस्तानको काठमाण्डौ कनेक्सन
आफ्ना साथीहरु रिहा गर्न घरेलु हतियार सहित प्रदर्शनमा उत्रिएका खालिस्तानीहरुले अजनाला प्रहरी चौकीमा आक्रमण गरेपछि भारत सरकार उत्तेजित भएको छ। निर्दोष व्यक्तिहरुमाथि दमन, यातना, गिरफ्तारी भएको ‘छ। पञ्जाव प्रान्तभरि इन्टरनेट सेवा बन्द छ । त्यसको भारत र विश्वभरि विरोध भएको छ। खालिस्तानी नेता सिंहले दमन नरोके गृहमन्त्री अमित शाहको नियती इन्दिरा गान्धीकै जस्तो हुने धम्की दिएका छन । त्यो धम्कीले भारत, तरंगित बनेको छ । सरकारले विद्रोही पक्षलाई देशद्रोही भनेको छ।
तर नेता अमृतपाल सिंहले आफ्नो बचाउ गर्दै “खालिस्तान निर्माणको हाम्रो लक्ष्यलाई गलत भन्ने र निषेध गर्ने सोच्नु हुँदैन । यसलाई बौद्धिक दृष्टिले हेर्नुपर्छ । यसको भूराज- नीतिक लाभ के हुन्छ भनेर हेर्नुपर्छ । यो एउटो विचार हो र विचारधाराको मृत्यु कहिल्यै हुँदैन ।” तर भारतीय सञ्चार र बुद्धिजीवी, घृणा पस्कन तँछाडमँछाड गरिरहेका छन् ।
भारतीय दूतावासले सनिवार अमृतपाल सिंह नेपाल पसेको र तेस्रो मुलुक जान खोजेको गोप्य पत्राचार गरेको सूचना चुहिएको छ । नेपाल सरकारले काठमाडौंस्थित भारतीय दुतावासको दाविलाई अस्विकार गरेको छ। भारतले आफ्नो देशका ‘मोस्ट वाण्टेड’ गिरफ्तार गर्न नसकेपछि नेपाल पसेको प्रचार गर्ने गरेको इतिहास छ । आफ्नो कमजोरी लुकाउने र यता नेपाललाई दवावमा राख्ने भारतीय प्रहरीको पुरानै शैली हो ।
२०७४ असोजमा रास्ट्रद्रोही आरोपित हनिप्रित इन्सान मुग्लिन हुँदैपोखरा पुगेको प्रचार गरियो। तर उनी पन्जावको मोहालीबाट प्रक्राउ भए। त्यसप्रकारको घटना कुनै अपवाद होइन । अहिले पनि भारतीय सञ्चार र प्रहरीको त्यसै प्रकारको गैरजिम्मेबार हल्ला हो भन्ने जनमत नेपालमा बनेको छ ।
सारांस
भारतमा पञ्जाव अंग्रेजसँग अन्तिमसम्म लडेको राज्य हो । यहाँका जनता निकै बहादुर, मानिन्छन। भारतमा मराठी र पन्जावी समुदायको गोर्खालीको जतिकै शान-मान छ । पञ्जाव एउटा सम्पन्न, सु-संस्कृत र आफ्नै भाषा, धर्म र संस्कृति भएको समाज हो । १९४० देखि नै त्यहाँ खालिस्तानको माग भइरहेको छ । तर केन्द्र सरकारले राज्यआतङ्क मच्चाएको छ। त्यसको विरुद्ध खालिस्तान विद्रोह उठिरहेको छ । तसर्थ बार्ता वा जनमत सङ्ग्रहको माध्यमले समस्या समाधान गर्नुपर्छ । दमनले झन ठूलो प्रतिरोध र विध्वंसको विजारोपण गर्नेछ।
*२०७९/१२/१५