६ बैशाख २०८१, बिहीबार

गोरखा जेलब्रेककी योद्धा रिताको अपिल:‘मेरी छोरीलाई बचाइदिनुस् !’

0

गोर्खा /२०५७ चैत १७ गते गोरखा जेलब्रेक गर्ने कमरेड रिताकी १७ वर्षीय छोरी जेसिका थापा क्यान्सर रोगले ग्रस्त भएको र घरको आर्थिक अवस्था नाजुक भएको कारण उपचारमा समस्या भएकोले मेरी छोरीलाई बचाईदिनुहोस भन्दै रिताले अपिल गरेकी छन। रिताको कुनै रोजगार नभएको र भारतको होटलमा काम गर्ने श्रीमान छोरी बिरामी भएपछि घर फर्केकाले झन समस्या भएको उनको भनाइ छ।

रिता (कविता थापा मगर)ले छोरीको उपचारार्थ दौडधूप गरिरहेकी भए पनि कतैबाट सहयोग पाएकी छैनन् । सरकारी निकाय र सत्तारुढ माओवादी केन्द्रले सरकारसँग रकम नभएको बताएको रिताको गुनासो छ । तर राज्य ढुकुटीबाट नेता र उनीहरुका आसेपासेले स्वास्थ्य उपचारको नाममा करोडौं लिएका छन् ।

हामीलाई प्राप्त एक जानकारी अनुसार आर्थिक वर्ष २०७८/०७९मा उपल्लो तहका ७ जना नेताले राज्यको ढुकुटीबाट लिएको खर्च विवरण हेर्ने हो भने पूर्व प्रम शेरबहादुर देउवा– रु. ६० लाख ,
प्रम पुष्पकमल दाहाल– रु. ५० लाख ,जनार्दन शर्मा‘प्रभाकर’– रु. ४५ लाख ,माधव नेपाल रु. ३० लाख ,रामचन्द्र पौडेल रु. ३० लाख ,झलनाथ खनाल रु. २० लाख ,रामवरण यादव रु. १० लाख रुपैया लिएको सरकारका एकजना अधिकारीले पुष्टि गरेका छन।

शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराइरहेकी क्यान्सर पीडित रिताकी छोरी जेसिका थापाको उपचारार्थ अनिल शर्माको नेतृत्वमा नेकपा सम्बद्ध कार्यकर्ता–नेताले चैत १७ गते रु २३ हजार ३ सय रुपैयाँ सङ्कलन गरी प्रदान गरेका छन् ।

रकम प्रदान गर्नेहरुमा अनिल शर्मा– रु. १ हजार उमा भुजेल रु. १ हजार उषा मगर रु. १ हजार पाटन जङ्गली रु. १ हजार पुरण–प्रविन रु. १ हजार ,निशानरु. १ हजार ,मदन रु. १ हजार ,योगेश बुढाथोकी रु. २ हजार ,नेकपा, गोरखा रु. ३ हजार ,श्याम सी रु. १ हजार डिलबहादुर सेञ्चुरी रु. १ हजार सुष्मा भुजेल रु. १ हजार ,एटम सी रु. ५ सय ,विश्लेषण सी रु. ५ सय ,गणेश रु. ५ सय ,धनकुमारी गुरुङ रु. १ हजार,जौमाया गुरुङ रु. ५ सय र रनबहादुर मगर रु ३सय रहेको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।