२३ बैशाख २०८१, आईतवार

अखिल (क्रान्तिकारी) महाकाली ब्युरोद्वारा स्ववियुमा विजयीहरुको सम्मान

0

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) महाकाली ब्युरोले चैत ५ गते भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्ववियु निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । मंगलबार ब्युरोद्वारा आयोजित समीक्षात्मक बैठक तथा सम्मान कार्यक्रममा नेकपाका महाकाली ब्युरो इन्चार्ज समर सि लगायत अथितिहरुले डायरी प्रदान तथा खाँदा ओढाएर सम्मान गरेका हुन् ।

स्ववियुमा बझाङको बझाङ दीप क्याम्पसमा अखिल (क्रान्तिकारी) विप्लवबाट सभापति कमल सीसहित २ जना सदस्य निर्वाचित भएका छन् भने बैतडी र दार्चुलाबाट एक एक सदस्यहरू निर्वाचित भएको ब्युरो इन्चार्ज शंकर सीले बताए ।

बैठकले स्ववियुबाट संगठनलाई प्राप्त सफलतालाई थप सुदृढ र विकास गर्ने साथै आगामी दिनमा संगठनलाई बलियो बनाउन अझै संगठन विस्तार गर्ने, सबै जिल्लाका सम्मेलन तथा बैठक गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

संगठनका महाकाली ब्युरो इन्चार्ज शंकर सीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रमुख अतिथिमा पार्टी केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सी, पार्टीका डडेल्धुरा जिल्ला इन्चार्ज विजय सी, संगठनका केन्द्रीय सचिव प्रकाश सी लगायत ब्युरो सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।