
सिन्धुली / नेपाल कम्युनिस्ट पार्टी समर्थित श्रमिक समुदाय बिभागले सिन्धुलीको हरिहरपुर गाउँपालिकामा परिवर्तित संदर्भमा श्रमिक समुदायको अवस्था र दायित्व बिषयक अन्तर्क्रिया कार्यक्रम गरेको छ।
नेपालमा विद्यमान जात व्यवस्थाद्वारा पैदा भएका आर्थिक सामाजिक र साँस्कृतिक समस्याहरुको समाधान र निकासका लागि नीति निर्माण र बिमर्श गर्ने उदेश्यले गठन भएको श्रमिक समुदाय बिभागको देशव्यापी अन्तर्कृयाको कार्यक्रम अन्तर्गत मङ्गलबार सिन्धुलीमा कार्यक्रम गरिएको हो।
नेपाल कम्युनिस्ट पार्टी सल्लाहकार सदस्य तथा बिभाग प्रमुख सन्ध्या सीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य सशि सी प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य गिनिन्द्र गदाइली, क्षत्र बहादुर लाखे, वामपन्थी नेता मानबहादुर सेञ्चुरी लगायत अतिथिहरुले मन्तव्य व्यक्त गरेका थिए ।
स्थानीय जनता र श्रमिक समुदायहरुको उपस्थितिमा भएको कार्यक्रमको संचालन डिल्ली सीले गरेका थिए।